साना साना नानि हामी फुलका कोपिला
देशलाइ बनाउनलाई बनौ जोसिला
बिगारेर भत्काएको बनाउनुछ हाम्ले
कुरा धेरै भए यहाँ देखाउनु छ कामले
आउन साथी वरि परि गरि हातेमालो
फाल्नु पर्छ सबै मिलि यो देशको जालो
देश तिम्रो देश हाम्रो पुर्खा को पौरख
भृकुटी र सीता बुद्ध यसैमा छ गौरव
सगरमाथा लुम्बिनी र कन्चनजंगा नामले
बिदेशमा चिनाउने छौ गरि येस्तो कामले
साना साना नानी हामी फुलका कोपिला
देशलाइ बनाउनलाइ बनौ जोशिला
बन्द हडताल विरुद्ध मा एक भइ जुटेर
उठ साथि झटटै अब हुदैन है सुतेर
पढिलेखी ठुलो मान्छे देशको लागि बन्नुछ
नेपालको नेपाली हौ गौरव गरि भन्नू छ
ता ता तु तु ते तै चरी चुच्चे च
आफ्नो भाग्य हामी आफै अब लेख्नु छ
साना साना नानी हामी फुलका कोपिला
देशलाइ बनाउनलाइ बनौ जोशिला
