Skip to content


चिसो बिहानीमा ओछ्यानमै तातो चियाको आश,
सिरकको न्यानो अङ्गालोमा बसिरहन पाए झन् कति खास ।
हिटरको तातोले सेकाएर हात,
चिसिएको गालामा सेक्न पाउँदा हुन्थ्यो क्या आनन्द बात ।

सोच्दै मख्ख पर्छु म त, हुन्थ्यो कति दामी,
नआए कहिल्यै चिसो बिहानी ।
सोच्दै मख्ख पर्छु म त, हुन्थ्यो कति दामी,
छोड्नु नपरे कहिल्यै, न्यायो सिरानी ।

कोरोनाको समय छ अनि चियो बिहानी,
चिसो बढ्दो छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला
किनभने यो जीवनमा आँसु पुछिदिने त धेरै भेटिएलान,
तर कोरोना लाग्यो भने
एक छाक तातो पानी तताएर दिने कोही भेटिने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *