Skip to content

भ्रष्टाचार बढिरहेको छ,
कहिले ७० करोडको अडियो त,
त कहिले ८० करोडको अडियो बाहिरीरहेको छ।
अनि प्रधानमन्त्री ज्यू, तपाईं भने शानका साथ भाषण दिईरहनुभएको छ,
“म पनि भ्रष्टाचार गर्दिनँ अरूलाइ पनि गर्न दिन्न” भनेर
अनि अडियो काण्ड सुनेर पनि चुपचाप बसिरहनु भएको छ।

तपाइँको गफ त सगरमाथाको चुचुरो जत्रो हुन्छ,
अनि काम मुसाको छाउरा जत्रो
किन प्रधानमन्त्री ज्यू किन?
बताइदिनुस् आज जनता जान्न चाहन्छन्!
तपाईं किन स्वीकार गर्नुहुन्न? अनि भ्रष्ट को मात्रै संरक्षण गर्नु हुन्छ,
बताइदिनुस् प्रधानमन्त्री ज्यू आज जनता चाहन्छन्।

भयो बन्द गर्नुस् तपाइँको राष्ट्रियताको देखावटी चटक,
अनि बन्द गर्नुस् पानी माथीको ओभानो भन्ने नाटक।
भयो बन्द गर्नुस्,गरिबलाई महलको सपना देखाउन
अनि बन्द गर्नुस्,भ्रष्टाचारिको संरक्षक बनेर देशलाई डुबाउन।

हामीलाई त लाग्दैछ, कतै तपाइँकै निर्देशनमा पो भ्रष्टाचार फैलिदै छ कि,
हामीलाई त लाग्दैछ कतै तपाइँकै मिलेमतोमा पो देशको ढुकुटी रित्तिँदै छ कि!
अब तपाइँमाथि उठेका प्रश्नको तपाइँले जवाफ दिनैपर्छ,
बास्कोटा र प्रवक्तालाई कडा भन्दा कडा कार्वाही गर्नैपर्छ।

पुन: विनम्रताको साथ अनुरोध गर्छु,
भयो अब छोड्दिनुस् प्रधानमन्त्री ज्यू,
ती भ्रस्टाचारिको साथ दिन,
बरु खान दिनुस् दुई छाक नेपाली जनतालाई गुन्द्रुक र भात,
नत्र नेपाली जनताले तपाईंलाई चाहिँ हान्ने छन् एकदिन नमज्जाले लात।

Leave a Reply

Your email address will not be published. Required fields are marked *