Skip to content

देशको बलात्कार


कसले देश र जनताको सत्कार गर्छ यहाँ
बालुवाटार स्वयं देशको बलात्कार गर्छ यहाँ

झुटा मिठा अनेक सप्ना बाडँछन् छद्मभेषी
खै कुन जोगी आए पछि चमत्कार गर्छ यहाँ

हेर्दाहेर्दै पाण्डवबाटै चीरहरण हुन थाल्यो
दुर्योधन के द्रौपदीको उपकार गर्छ यहाँ

सुनको औँठी सौगात दिने लोभी बाघ जस्तै
चुनाव अघि मात्र नेता नमस्कार गर्छ यहाँ

खोक्रो राष्ट्रवाद तिम्रो छर्लङ्ङ भो देशैभरि
रको एजेन्ट बन्न कसले इङ्कार गर्छ यहाँ

आफ्नै छोरा भनेर के मोरा जस्तै भएपछि
आमा बेची सानिमालाई स्वीकार गर्छ यहाँ

कुकुर हड्डी छोड्ला नेता गद्दी छोड्ने हैनन्
करोड पाउँदा रिसवत कसले दुत्कार गर्छ यहाँ

श्रीकृष्ण शर्मा
पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *