नयाँ वर्ष
विहानीको किरण सँगै,
नयाँ उमङ्ग बोकी आउनु तिमी,
कोरोनाको कहर उस्तै छ,
कोरोना अन्त्य गर्ने
खोप बोकी आउनु तिमी,
हड्डीको लागि कुकुरहरुले लुछालुछ गरे जस्तै
नेताहरू आपसमा लडिरहेका छन्,
यिनीहरुको लागि पनि सुबुद्धि बोकेर आउनु तिमी,
गरीब जनताको लागि
दुई छाक अन्न पनि बोकेर आउनु तिमी,
बेरोजगारीको लागि
रोजगार लिएर आउनु तिमी,
र मेरो रोइरहेको जन्मभूमिको
आँसु पुछ्ने रुमाल पनि बोकेर आउनु तिमी।
