Skip to content

मन्द बुद्धि बालक


एउटा सानो बालक जो मनको सफा छ
स्वच्छ विचारमा पनि लाग्दैन उसमा केही कमि छ
ऊ हरेक कुरामा ज्ञानले पूर्ण हुन चाहन्छ
तसर्थ ऊ पुरा ध्यान लाएर सोचिरहन्छ
तर सायद त्यसैले गर्दा समाजले उसलाई
मन्द बुद्धि बालक भनेर बोलाउँछ
ऊ अरुभन्दा अलग हुन चाहन्छ,
उसको सोच नि अलग हुन्छ
ऊ विश्वसामु केही नयाँ ल्याउन चाहन्छ
त्यही काममा अघि बढ्न खोज्दा नै ऊ,
मन्द बुद्धि बालक बन्दछ
नभए हेरौ न धेरै महान् बैज्ञानिक, साहित्यकार, चाए जो होस
उसको बाल्यकाल समाजले
मन्द बुद्धि बालक भनेर नै बितेको छ ।।

ऊ उदार विचारका साथ ज्ञान आर्जन गर्न चाहन्छ
ऊ कुनै शिक्षकले दिएको नोटका आधारमा मात्र
आफ्नो विचारलाई वन्धी बनाउन चाहदैन
तसर्थ ऊ प्रकृतिमा रमाएर त्यही मै अध्यन गर्न चाहन्छ
ऊ बारम्बार प्रकृतिसँगै खेल्दछ
तर उसमा ज्ञान छैन त्यसैले
ऊ पढ्नु पर्छ भन्ने जान्दैन भनी
उसलाई समाजले बारम्बार
मन्द बुद्धि बालक भनेर बोलाउँछ ।।

ऊ हरेक कुरालाई नयाँ सोचले परिमार्जन गर्न चाहन्छ
तर गर्दागर्दै कुनै बिगार भईहाल्छ
त्यसमा पनि उसले नराम्रो गाली खान्छ
अनि फेरि समाजले कस्तो मन्द बुद्धि बालक रहेछ भन्छ
उसको कुरा भुझ्ने त्यहाँ कोही हुदैन
अँझ खिल्ली उडाउन हरेक व्यक्ति तम तयार बसेको हुन्छ
उसलाई नराम्रो लाग्छ
अनि मनमनै म पनि केही गरेर देखाउनेछु भन्छ
मनमा त्यही विश्वास राखेर अघि बढन् खोज्छ
तर फेरि समाजले उसलाई मन्द बुद्धि बालक भनेर बोलाउँछ ।।

ऊ प्रति लगातार उल्ल्याहट भइरहदा पनि
उसलाई मन्द बुद्धि बालक भनेर
बारम्बार हतोत्साहित गरिरहदा पनि
ऊ प्रति हरेकले अल्प व्यवहार गरी
बुद्धि नभएको भनी जहा त्यहाँ कहलाइरहदा पनि
ऊ आफ्नो लक्ष प्रति अडिग रहेर अघि बढिरहन्छ
ऊ मात्र आफूमा विश्वास राख्छ अनि अघि बढिरहन्छ
अनि अवश्य पनि एकदिन विश्वसामु नयाँ लिएर आउछ
उसको नाउँ सारा जगतमा कहलाउँछ
अनि उसलाई नै त्यही समाजले देवता सरह पुजित गर्छ
साराका साराले उसको जीवनी,
मन्द बुद्धि बोलाउदाको कहानी पढ्छ
तर किन फेरि ऊ जस्तै नयाँ पुस्तामा पनि
प्रोत्सहान, महानताको सम्मान हैन यही सबै नै दोहोरिन्छ ।।

प्रज्वल प्रसाई
रतुवामाई मरङ्ग
कक्षा – १२

Leave a Reply

Your email address will not be published. Required fields are marked *