१.
एक दिन होइन देशमा लाग्छ सधैं गाईजात्रा छ
शान्ति, न्याय तर्सी भाग्छ सधैं गाईजात्रा छ ।।
छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो
औंला दिदा हातै माग्छ सधैं गाईजात्रा छ ।।
२.
लकडाउनले कयौलाई माग्ने बनायो
थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।।
आत्महत्या समस्याको समाधान त हैन
तनाबले जीवनबाटै भाग्ने बनायो ।।
३.
कोरोना यो खै कहिले पार लाग्नी होला ?
निदाएको सरकार अब कहिले जाग्नी होला ।।
हिंसा, अनि प्रकृतिको दोहन गरी रमाउदै
बुझपचाई अँझै मान्छे कता भाग्नी होला ।।?
०७७–४–२०
नुवाकोट, हालः पोखरा–११
