Skip to content

चार मुक्तक (आऊ न बोकेर)


आऊ न बोकेर राम्रो सामाजिक विचारधारा
लगनशील भै लागे बोझ हुदैनन् अभिभारा
कसैको पछि लहलैमा लागे काम बन्दैन हेर !
सजाउनु छ रात पनि दिन जस्तै भूमि सारा ।।१।।

देखाऊ गरेर जस्तै ती आकाशका जुन तारा
चम्किन्छ आफ्नो कर्तव्यबोध चिरेर अध्यारा
हातेमालो सहकार्य गर दोष नदिनु कसैलाई
अनि गढ्गडाउँछ धरतीमा तिम्रा अधुरा नारा ।।२।।

रहर र करले होइन हौसलाले बोल्ने गर्छु
बाध्यताले होइन है आत्मियताले बोल्ने गर्छु
मीठो बोलिन्छ सबैसँग मानवताको नाताले
सम्बन्ध टुट्ला कि भनी भावनाले बोल्ने गर्छु ।।३।।

सुन्दर फुल जस्तै खुलिरहोस् जीवनमा
नितान्त ह्रदयभित्र चुलिरहोस् जीवनमा
हर घडी हर मौसम र स्वच्छ फुल जस्तै
चोखो प्रीतले दिल फुलिरहोस् जीवनमा ।।४।।

डम्बर धिमाल राजदोङ्ग्ये, मोरङ
२००७७ पुस १४ मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *