Skip to content

तीजमा सम्झिएर


सम्झिएर विगत दर खाएपछि आँसु बग्छ
तीजको लहर लहरिदै आएपछि आँसु बग्छ

लुकाएर राख्छु भन्छु आँसु आँखा भित्र भित्रै
गाउँका दिदी बैन्ले तीज गीत गाएछि आँसु बग्छ

खुसी लुट्यो आशा टुट्यो पापी रैछ दैव
सबले रातो सिन्दुर पोते लाएपछि आँसु बग्छ

पापिनीको बात,एक्लो रात,घात पाएँ सबै
बैँसमै अन्धकारले जीवन छाएपछि आँसु बग्छ

कति सुन्दर जीवन जिउने सपना संगालेथेँ
सहाराहीन भई दुःख पाएपछि आँसु बग्छ

गोपाल खनाल
नुवाकोट, तारकेश्वर गापा १

Leave a Reply

Your email address will not be published. Required fields are marked *