Skip to content


मिल्दैन विचार आफ्नो त घरमा
पुरानै छ संस्कार आफ्नो त घरमा ।

बन्ने हो भने यो मरुभूमिको कवि
पाक्दैन परिकार आफ्नो त घरमा ।

छुटेदेखि भएको त्यो एउटा जागिर
हुँदैन सत्कार आफ्नोो त घरमा ।

पछ्याउँछ खाली सपनाहरूले पनि
लिँदैन आकार आफ्नोो त घरमा ।

केसित खानु खै मनको लड्डु ?
विपन्न परिवार आफ्नो त घरमा ।

फेरि त्यै पिउने पिलाउने कुरा
चल्दैन यार आफ्नो त घरमा ।

-गौशाला, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *