Skip to content


आमा !!!

आमा अपुताली जोगाउन हो की ?
कुरौटे समाजको मुखमा बुजो लाउन
आमा नारीत्व धान्न पो हो की ?
आफनो कोमल्ता सन्तानमा बिसाउन
आफ़ु जीबन र मरणको दोसाधमा पनि
दश महिना कोखीमा राखेर जन्मायौ
आफ़ु संधै भोक भोकै बसेर भए पनि
अतमभरी दस धारा दुध चुसाएर बचायौ
मायाकी खानी आमा आफु दुख सहेर
न्यानो मायां दिएर हुर्कायौ
दायाकी धनी आमा आफ़ु संधै रोएर
सितल अनुहारले हांसेर फ़कायौ
आफ़ु अन्याय र अत्याचारको सामना गरेर
न्यानो काखमा मायालु हातले सुमसुमायौ
सन्तानको सुन्दर भबिश्यको कामना गरेर
अरुलाई खुसी दिएर आफनो दुःख लुकायौ
आमा ! आमा !! आमा !!!
त्यसैले आमा मलाई
कहिलै तिरेरै नसक्ने ऋण लगायौ
साच्चै आमा मलाई
म मरे पनि नबिर्सने माया बिछायौ

2 thoughts on “आमा (माता औंशीको दिन)”

  1. एकदम समय सान्दर्भिक, मार्मिक
    एकदम समय सान्दर्भिक, मार्मिक तथा यथार्थको कुरा लेख्नुभो। सम्पूर्ण आमाहरूलाई सलाम छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *