Skip to content


मेरो सानी छोरी पिऊ, पानी घुटु घुटु
पिउँदा पानी हर्रर जिउ सर्रर मुटु मुटु

यसै गरी पानी पिउने गर्नुपर्छ जान
जसले दिन्छ राम्रो अर्ति उसैलाई मान ।

यदि तिम्रो शरीरमा पानी छैन भने
रोगले बास गर्न सक्छ यति कुरा माने

छिन छिनमै पिइदिनु अमृत जस्तै पानी
यही पानी पिई स्वस्थ बन्छ्यौ सानी नानी ।ा

जहाँ पानी त्यहाँ नानी नारा यही बनोस्
यही नाराले नै तिम्लाई सही कुरा भनोस्

सही कुरा भन्ने व्यक्ति स्याबासीको पात्र
हामी सबै पिउने गरौँ सफा पानी मात्र ।

जसरी नै सेवन गर्छौं त्यसरी नै पिऊ
पानी सेवन गर्ने कुरा स्वस्थ सम्झी लिऊ

गर्मीर् जाडो जुनैबेला पानी पिउने गर
त्यसैले त पिउँदा पानी ढुक्क भर पर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *