पढ्नुपर्छ लेख्नुपर्छ खेल्नुहुन्न धेर
स्कुल जाने समय फाल्नुहुन्न खेर
बाबा आमा गुरुहरू माया गर्छन् सधैं
ज्ञानी बने अघि बढ्न लाग्ने छैन बेर ।
हिजोदेखि पढ्न थालें गुरुआमासित
अघि बढें गुरुमाकै उपदेश लेर ।
राम्रो मान्छे बन्यो भने समाजले चिन्छ
तिमी पनि गुरुमाको आज्ञालाई टेर ।
धुलोसित खेल्नुहुन्न साना-साना नानी
नयाँ नाना लगाएर पुरानो चैं फेर ।
