लेखकहरुलाई आफूले केही लेख्न पाएको हुन्न अरुलाई सुनाउन हतार भैहाल्छ । उसले पनि हालै एउटा कथा लेख्न सकाएर साहित्यप्रति केही अभिरुचि राख्ने साथीलाई भेट्न गएको छ ।
‘ल भन्नुस् । धेरै समयदेखि भेट्न खोज्नु भएको थियो । के काम पर्यो त्यस्तो?’ साथीले उसलाई देखेर स्वागत गर्यो ।
‘एउटा ताजा रचना तयार छ । तपाईलाई सुनाउँ कि भनेर ।’ उसले ब्याग खोल्न पाएको थिएन उसको साथी आत्तिइहाल्यो । ‘ओहो अहिले नगरौं । म त भ्याउँदै भ्याउँदिन आज ।’
‘तपाईँले अहिले फुस्रद छ भनेर बोलाउनु भएको हैन र’ ऊ साथीको पारामा छक्कै पर्यो ।
‘हुन त हो तर झटटै दिमागमा अर्को कामको सम्झना आईहाल्यो ।’ साथी चैंले पन्छिन मजाले ढाँट्न खोज्यो ।
‘धेरैबेर लाग्दैन । सस्रती सुनाएर तपाईँको राय लिएर म हिँडि पनि हाल्छु ।’ उसले पनि आफ्नो अस्त्र छाड्न बाँकी राखेन ।
‘तपाईँले लेख्नु भएको नराम्रो कहाँ हुन्छ र तर यस्तो टाउको दुखेको बेला तपाईँले सुनाउन खोज्नु भए पनि दिमागभित्र केही छिर्ला जस्तो लागेन । पछि कुनै दिन बसौं हुन्न र?’
‘तपाईँले सुन्नुहुन्छ भनी कत्रो आश लिएर आएको थिएँ ।’ ऊ अलि निराश देखियो ।
‘कति पेजको छ मलाई त दश मिनेटमा एकठाउँमा नपुगी हुन्न ।’ साथीले अन्तसम्म पनि अझै पन्छिने बाटो खोज्दै थियो ।
‘जम्मा एक पेजको लघुकथा हो ।’
‘एअघि नै भन्नुपर्दैन त त्यसोभए ठीक छ । म त तपाईँले लामो कथा सुनाउँदा सुनाउँदै बुढो हुन्छु कि भनी डराएर पो । हाम्रो चिया आउन्जेलसम्ममा तपाईँको कथा वाचन सकिन्छ पनि होलालौ थाल्नुस् ।’ साथी अहिले आश्वस्त र सहज देखियो ।
समय अभावका कारण ब्यस्ततामा बाँचिरहेका मान्छेहरुवीच लघुकथाले समेत आफूलाई जीवित राख्न कति संघर्ष गर्नुपर्ने रैछ ।

thanks susma
thanks susma jiiiiiiiiiiiiiiiiiiiiii
this is the one truth.it touch directly my heart.
very nice story.keep it up.
we will hope like this kinds of rachana from you.
yatri
वास्तविकता! कुनै दिन यस्तो
वास्तविकता! कुनै दिन यस्तो आउला जब यहाँ भएको भन्दा उल्टो हुनेछ।
Hi Susmaji,
I read your story
Hi Susmaji,
I read your story that has really touched my heart.Now we have have been facing this sort of problem.The publishers are so much proudy and they do not want to help to others but they want other to help them to get advrtisement for their papers.
You have written many more articles to discloce this kind of realitiy.I hope you will continue it, in the
future for ever.
yours
krishna Rajbhandari