Skip to content

मेरो प्रेम किन तिमीलाई यति सस्तो लाग्यो?


मेरो प्रेम किन तिमीलाई यति सस्तो लाग्यो?
मलाई किन आजभोलि तिमीले भुले जस्तो लाग्यो

हिंड्दै जाँदा ठेस लागी बाटो अन्तै मोड्यौ कि?
सपनामा आउन छोड्यौ नयाँ संसार जोड्यौ कि?

तिमीले त भुलिदियौ थोरै दिन्का थियौ
तर चोखो मायालाई नै सस्तो सम्झी दियौ

कहीं याद बाँकी भए कहिलेकाहीं आऊ है
दिनको झ-झल्को बनी सपनामा सताऊ है

बिर्सी जाने निष्ठुरीको याद मुरी मुरी
भुले पनि सम्झना ता आउँछ घरी घरी

2 thoughts on “मेरो प्रेम किन तिमीलाई यति सस्तो लाग्यो?”

  1. बगेको खोला फर्काउने प्रयास
    बगेको खोला फर्काउने प्रयास नगर्नुस् है साह्रै दुख पाइन्छ बिचार गर्नुस ।
    मंगल जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *