Skip to content


हे बुद्ध ! खोजिरहेको छु
मैले यहाँ…. शान्ति ! शान्ति !!
देऊ न हामीलाई यस धर्तीमा
एकपल्ट फेरि… शान्ति ! शान्ति !!
करूणा, दया, मुदितासँगसँगै
हिमाल, पहाडदेखि तराईसम्म
जगाई देऊ न फेरि ……शान्ति ! शान्ति !!
हे कृष्ण ! यस दुनियाँको कुरुक्षेत्रबाट
खोजी देऊन मलाई
यहाँ…. शान्ति ! शान्ति !!
महाभारतमा गीताको पाठ पढाई
कर्मयोगी बन्न सिकाउने यस धर्तीको
सम्पूर्ण जात, धर्म, भाषालाई मिलाएर
फेरि एकपल्ट गरिदेऊ न यहाँ … शान्ति ! शान्ति !!

हे जिसस ! आफूलाई बलिदान गरी
सत्यको साक्षात्कार गर्नेले
देखाईं देऊ न मलाई यहाँ… शान्ति ! शान्ति !!
त्यागको अनुपम उदाहरण देखाइ,
मृत्यु समेतलाई अँगाल्नेले
यस धर्तीको सम्पूर्ण संप्रदयालाई एउटै मालामा उनेर
बनाईदेउ न यहाँ फेरि….. शान्ति ! शान्ति !!
हे अल्लाह ! प्रेमको सन्देश दिएर,
यो संसार व्यूँझाउन खोज्नेले ।
भेट्टाई देउ, न मलाई यहाँ….. शान्ति ! शान्ति !!
प्रत्येक प्राणीलाई मानवीय भावनाबाट
एक हुन सिकाएर माया बाँड्नेले
यो विश्वको प्रत्येक कुना काप्चामा
फैलाई देउ न… शान्ति ! शान्ति !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *