Skip to content


तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैंसँग प्रश्न सोध्न डर लाग्यो

जिन्दगीको लामो यात्रा सँगै गर्छु भन्नेले
तिमीसँग हाँसीखुसी सँगै मर्छु भन्नेले
दोबाटोमै छाडी दियौ एक्लै हिंड्न कर लाग्यो

मुटुभित्र वास मागी मन डढाउनेले
थाहै नदिई कलेजीमा छुरा चलाउनेले
हाँस्दै बिदा मागिदियौ जाऊ भन्न कर लाग्यो

स्मृतिका छाल छाडी टाढा गइदिनेले
आँखाभरि आँसु दिई पराइ भइदिनेले
हृदयको घाउ दियौ सुम्सुम्याउन कर लाग्यो

शब्द – रञ्जना थापा
स्वर, संगीत – कर्ण दास
एल्बम – पुरानो डुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *