पुरानो डुङ्गा पानीको छाल पार गरूँ कसरी
उनी छिन् पारी तरेर लौन भेटुँ म कसरी
विधिले यस्तो अन्याय गरी झुक्यायो मलाई
एउटै मुटु दुई टुक्रा पारी छुट्यायो मलाई
चर्किंदै गयौ बिछोडको घाउ सहुँ म कसरी
प्रियसी बिना यो जिन्दगी के चल्न सक्छ र
हुरीको सामु आशाको ज्योति के जल्न सक्छ र
माली बिनाको जंगली फूल झैं फुलुँ म कसरी
शब्द – वी वी थापा
स्वर – कर्ण दास
संगीत – सुन्दर थापा
एल्बम – पुरानो डुङ्गा
