Skip to content


टुटेको तारमा गीत गाऊँ भन्दा
गाउनेलाई कस्तो लाग्छ होला
छुटेको गाडी डाँडा काटी जाँदा,
यात्रुलाई कस्तो लाग्छ होला
मायाप्रीति गाँस्ने सबै कुरा सुम्पने
तिम्रो हात थाम्ने ढुक्क मुस्कुराउने
अबलालाई तिम्रै हातले बिचिदियौ भन्दा
कस्तो लाग्छ होला
भिजेको आँखामा हाँसिदेऊ भन्दा
मन दुख्नेलाई कस्तो लाग्छ होला

तिमी जस्तै हाँस्ने, तिमी जस्तै रुने
तिमी जस्तै थाक्ने तिमी जस्तै दुख्ने
मान्छेलाई नै मान्छेले नै छुन हुन्न भन्दा
कस्तो लाग्छ होला
सुकेको धारामा प्यास मेटाऊँ भन्दा
तिर्खाउनेलाई कस्तो लाग्छ होला

हरियाली वनको लाली गुराँस गोरेटो
ऐंसेलु र जुरेली गौंथली र गुलेली
कुहोरो लाग्ने वनमा आज धुवाँ-धुवाँ उड्दा
कस्तो लाग्छ होला
उजाड डाँडामा दर्के झरी आउँदा
ओत लाग्नेलाई कस्तो लाग्छ होला

शब्द, संगीत – लोकनाथ मनेन
स्वर- कर्ण दास
एल्बम – पुरानो डुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *