Skip to content

एक समय थियो

  • by
GovindaOjha

एक समय थियो तिम्रो गाउँ हेर्न गएको
संयोग थियो तिम्रो र मेरो भेट भएको

त्यो समयको समधुर मिलनले नै होला
तिम्रो मेरो माया प्रेम बस्न गयो

लगन जुराई ज्योतिषसँग साईत हेर्नु पर्यो
तिमीलाई नै रोजेको छु जीवन साथी बनाउन

एक समय थियो तिम्रो गाउँ हेर्न गएको
संयोग थियो तिम्रो र मेरो भेट भएको

चाहिदैन मलाई धनसम्पति तिमी भए पुग्छ
चाहिदैन हिरा मिति तिम्रै साथ पाए पुग्छ


हृदयमा राखेको छु मैले तिमीलाई
संसारमै अमर हुने हाम्रो प्रेम काहानि

एक समय थियो तिम्रो गाउँ हेर्न गएको
संयोग थियो तिम्रो र मेरो भेट भएको

गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं-२ दीपायल, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *