Skip to content

पर्खाइमा

सायद आज औंशीको रात थियो
आकाश निष्पट्ट अँधेरी ।
सुनसान रात टिलपिलाइरहेका ताराहरू,
चन्द्रमाको अनुपस्थितिमा
सबै फिक्का फिक्का।

बिचलित यो मन,
तिर्खाएका नयन आकाशतिर टोलाउदै
ताराहरुसँग घन्टौं वार्तालाप गर्दैछु
केबल प्रतीक्षामा मेरी उनीको
जसलाई म जून भनेर बोलाउँछु।

त्यो जून जसलाई म खोजिरहेको छु
त्यो जून जसलाई म सम्झिरहेछु
म कल्पिरहेछु, कुरिरहेछु
प्राण शक्ति लगाएर खोजिरहेछु।

आज उनी सुस्तरी टाढा गइन्
फेरि आउने बाचा पनि दिएर गइन्
मन भारी बनाउदै,
मन बुझाएको छु माया
सहारा छैन अरु केही
छ त केबल मात्र तिम्रो प्रतिविम्ब ।
पूर्णिमा को पर्खाइमा
जून फर्किने आशामा ।
…….प्रतीक्षा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *