Skip to content

पाँच हाइकु (जिन्दगीभरि)

  • by

(१)
जिन्दगीभरि
खोजेर परिचय
बाँचेको छ ऊ

(२)
तिर्तिरे धारा
खस्दछ निरन्तर
ढुङ्गामा प्वाल

(३)
पुरानो खेल
माछो माछो भ्यागुतो
अहिलेसम्म

(४)
भालेको डाक
यात्रा सुरु परको
झमक्क साँझ

(५)
समय घोडा
दौडन्छ लगातार
बजार्दै टाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *