कस्तो रङ भरिएछ लौ न जूनमा आज
मख्ख परी हेर्दा हेर्दै ओर्ली आउँछ लाज
दुई मुटु एउटै पारी लस्किएको देख्यो क्यारे
त्यै पल उल्का खस्दा झस्किएको देख्यो क्यारे
लुक्न खोज्छु हेरुँ लाग्छ जून आउने साँझ
मख्ख परी हेर्दा हेर्दै ओर्ली आउँछ लाज
मेरोबारे उसले कुरा खोल्न लागे जस्तो
लज्जित पार्न मसँग नै बोल्न लागे जस्तो
नाङ्गो भई उभिए झैं दुनियाँको माझ
मख्ख परी हेर्दा हेर्दै ओर्ली आउँछ लाज
