दिक सनातन धर्मपद्धति अनुसार गरिने मुख्य सोह्रवटा संस्कारहरू छन् । तिनमा जन्मपूर्व गरिने गर्भाधानदेखि लिएर मृत्युपश्चात् गरिने अन्त्येष्टिसम्म पर्दछन् । यीमध्ये मानवजीवनमा महìवपूर्ण स्थान राख्ने संस्कार र विधिको खिल्ली उडाउनेहरू पनि विवाह गरेर नारीलाई श्रीमती वा बुहारीका रूपमा घर भित्र्याउने परम्परा अँगालिरहेकै देखिन्छ । छोरा हुनेले छोरी हुनेसितबाट मागेर तिनका मुटुका टुक्रालाई घरमा भित्र्याएका छन् । छोरी हुनेले अर्काको छोरालाई आˆना घरमा भित्र्याउन पाएका छैनन् । कुनै पनि क्रान्तिकारी भनाउँदो स्वास्नीका माइतमा घरज्वाईं बस्न चाहँदैन र बिनाबाध्यता कोही त्यसरी बस्दैन । क्रान्तिकारितामा अरूलाई उछिन्यौँ भन्नेहरूले पनि छोरी सुम्पेझैँ छोरो सुम्पन सकेका छैनन् ।
छोरीले लोग्नेका घरमा राम्ररी काम गरी सबैलाई रिझाएर खुसी पार्न सकी भने ‘छोरीले घर खाएकी छ ‘ भनी बाबुआमा मक्ख पर्छन् । यसमा नारीपक्षबाट सम्झौता गर्न नसकेको अवस्थामा उनीहरू ‘घरखान’ असमर्थ हुन्छन् । तिनको वैवाहिक जीवन सङ्कटमा पर्छ ।
हरेक आमाहरू कुनै न कुनै आमाका छोरीहरू हुन् । हरेक सासूहरू कुनै बेला कसैका बुहारीहरू थिए । हरेक जेठानीहरू कसै न कसैका छोरी, नन्द वा आमाजू थिए होलान् । प्रत्येक अविवाहित नन्द वा आमाजूले मेरो पनि विवाह होस् भन्ने तीब्र इच्छा राखेकै हुन्छन् । तिनलाई पनि भोलि विवाहपछि पराइघर जानुपर्छ भन्ने जानकारी हुनुपर्ने हो ।
सासू बनिसकेको र सासू बन्ने हैसियत राख्ने आमालाई पनि आˆना छोराहरूले अर्काकी छोरी विवाह गरी ल्याए जस्तै तिनका छोरीलाई पनि अर्काका छोराले विवाह गरी लैजान्छन् भन्ने ज्ञान राम्रै हुनुपर्ने हो । आफूले छोरीका परिवारजनलाई श्रद्धाका साथ दिई पठाएका गहना-कपडा उपहार र मीठाई-सेल आदि कोसेलीपातलाई तुच्छ ठानेर यस्तो र उस्तो भनी कुरा काट्दा तिनको पनि चित्त दुखेकै हुनुपर्छ । यी र यस्तै मर्म र पीडा सबै आमा र सासूहरूका समान छन् भने बुहारीका रूपमा भित्रिएका नयाँ छोरीहरूलाई उनीहरू त्यही व्यवहार किन दोहोर्याउँछन् ? किन तिनलाई पनि छोरीसमान मानेर त्यही अनुसारको माया र ममता दिन सक्तैनन् ?
विवाहका अनेक रूपहरू छन् । प्रचलनमा बढी देखिएका खोजी वा मागी विवाह र प्रेम विवाह नै हुन् । प्रमविवाहमा स्त्रीपुरूषले एक अर्कालाई चिन्ने, बुझ्ने अवसर बढी पाएका हुन्छन् । उनीहरूको भेटघाटको लामो क्रमपछि विवाह हुन गएमा दुवैले एक अर्काका मनमा पसेर हृदय पहिचान गर्न सक्ने सम्भावना बढी रहन्छ । केटी केटाको घरमा जाने, परिवारका सदस्यसित सँगै बस्ने, खाने आदि मौकाहरू पनि मिल्नसक्छ ।
एउटा अपरिचित केटा वा केटीसित आˆनी छोरी वा छोरा मायाप्रीति गाँस्दै घुमफिर गरेको होटल-रेष्टुराँ, डिस्कोमा राति अबेरसम्म बस्ने गरेको जस्ता व्यवहारलाई सहज रूपमा स्वीकार्ने बाबुआमा हामी कति छौँ ? यी सारा वकुरालाई लिएर अरूले कुरा काट्दा सहन सक्ने कति छौँ? बीचमा कतै एकले अर्कालाई छाडिदियो वा कुनैमा सच्चा प्रेम नभएर वासनात्मक कामुमताले प्रेरित भई विवाहपूर्व नै दुर्घटना हुनपुग्यो र जीवन खतरामा पर्नगयो भने के गर्ने भन्ने चिन्ताले कुनै पनि आमाबाबुलाई सताएको हुँदैन र ? विशेष गरेर छोरीका आमाबाबु त्यसले छोडेपछि कसले छोरीलाई लैजाला, केटा वा केटीको केटी वा केटा पेर्ने बानी चाल पाएपछि अर्काले कसरी स्वीकार्ला भन्ने समस्याले चिन्तित देखिन्छन् ।
खोजी विवाह त झन् नितान्त नौलो हुन्छ । बीचको एउटा मध्यस्थकर्ता-लमीले कसैका छोरा वा छोरीका बारेमा कति नै कुरा जानेको बुझेको हुन्छ ? केटीले, केटाले, तिनका बाबुआमाले भनेका आधारमा कुरा चलाउने न हो । तिनले लमीलाई सबै कुरा भन्छन् किन बताउँला र ? त्यसमा पनि कुनै कमजोरी वा गल्तीहरू रहेछन् भने त झन् बताउने कुरै भएन । बनावटी कुरा गरेरै काम चलाउन खोज्ने पारा हामीकहाँ छँदैछ । लमीका कुरा पत्याएर दुवैपक्ष भेटघाटका लागि राजी हुन्छन् । भेटघाटमा पनि केटाकेटीको पारस्परिक कुराकानी हुने र एकले अर्कालाई राम्ररी पहिचान गर्ने मौका कमै मिल्दछ । कुराकानी भइहाल्यो भने पनि केटी लजाएर केही बोल्न नसक्लि । अनि कुरा अपुरो र अधुरो नै रहन पुग्छ । दुबैलाई सोधिन्छ-ठिक छ ? केही त भन्ने पर्यो । अनि बुज्रुकहरू ‘लौ कुरा मिल्यो’ भन्छन् र टीकोटालो गर्छन्, विवाह हुन्छ, राम्ररी एकअर्कालाई चिन्दै नचिनी । यसरी दुवैथरि प्रेम वा खोजीविवाहमा चिनेर वा नचिनेरै, जसरी भए पनि नयाँ दुलही बनेर पराइघर जानु र चित्त बुझे पनि नबुझे पनि एकअर्कालाई अपनाउन बाध्य हुनु दुवैथरिको विवशता हो ।
सामान्यतया छोरी अर्काको छोराले सदाका लागि लैजाँदा मुटु चुँडिएको पनि साहेर बस्ने बाबुआमा छोराको विवाह भइसकेपछि बुहारीलाई छोरीका स्थानमा देख्न खोज्दैनन् र देख्न सक्दैनन् पनि । सायद उनीहरू छोरामाथिको आˆनो माया र छोराले आफूमाथि गरिरहेको मायाका बीचमा बुहारी सरेर दुवैथरिको भाग खोसिदिएको ठान्दा हुन् र उनीहरूको मायाको आधार खलबलिएको अनुभव गर्दा हुन् कारण मनोवैज्ञानिक हुनसक्छ । छोरालाई पनि स्वास्नीका कुरा सुने आमाबाुले के भन्ने हुन् भन्ने चिन्ताले सताएको हुनपर्छ । माया खोसिएको नठानेका भए बुहारीका आमाबाबु-आदरणीय सम्धी-सम्धिनीलाई समेत होच्याएर ‘त्यसकी छोरीले यसो भनी, फलानीको बाबुसाहेबनीले यसो गरी’ आदि भनेर बुहारीपक्षको उछित्तो पार्ने थिएनन् होला । यसरी दोहोरो मायाको खिचातानीले पनि व्यवहारमा फरक पार्दो हो भन्न सकिन्छ ।
नयाँ दुलीहरूको सोचाइ र अपेक्षामा आएको परिवर्तनलाई सासूहरूले नबुझिदिँदा समस्या हुने गर्दछ । छोराको योग्यता र आम्दानी अनुसार बुहारी पढेलेखकी परोस्, जागिर खाने नै होस् छोराभन्दा बढी योग्यता भएकी होस् भन्ने बाबुआमा यहाँ धेरै छन् ।
सुरूका दिनमा राम्रो व्यवहार गरियो र नयाँ दुलहीमा राम्रा गुणहरू छन् भने विश्वास राखियो भने आउँदा दिनमा वातावरण विस्तारै सहज बन्दै जान्छ । नयाँ घरमा जानेले पनि त्यस घरका पैतृक संस्कार, चालचलन, परिवेश, विधिव्यवहार आदि बुझ्ने प्रयत्न गर्नुपर्छ । आˆना घरमा राम्रा संस्कारहरू छन् जसलाई स्वीकार्दा राम्रो हुन्छ भन्ने मान्यता नयाँ दुलहीले पनि राख्नैपर्यो । सबै मनपर्ने कुरा नै हुन्छन् भन्ने पनि हुँदैन । कतिपय कुरामा मत बाझिन सक्छ । आफूलाई मनपर्ने कुरा नै हुन्छन् भन्ने पनि हुँदैन । आफूलाई मन नपर्ने र नसुहाउँदो भयो भन्दैमा तुरून्त प्रतिवाद गरिहाल्नुपर्छ, यो जरुरी छैन र गर्न पनि हुँदैन । कमसे कम दवैपक्षले यसमा सावधानी अपनाउन सकनु राम्रो हो । ‘हाम्रा पालामा सासूले यसरी जोताएकी थिइन, अब जाताउने पालो मेरा’ भन्ने सोचोर सासूहरू चम्केर बुहारीमाथि खनिन थाले भने बुहारीहरू विद्रोही बन्न बाध्य हुन्छन् । अर्कातिर भर्खरै बिहे भएकी बुहारीलाई आफन्तकहाँ लगेर परिचय गराएर, सबैलाई ढोगाएर सान देखाउने सासूहरू पनि छन् हामीकहाँ । अझ पनि गोडामै मुन्टो अड्याएर ढोग्नुपर्दा आजका बुहारीहरूलाई असहृय हुनसक्छ ।
नवविवाहित जोडीको इच्छा केही दिन भए पनि कतै घम्न गएर एक-अर्कालाई भित्रदेखि चिन्ने र मायापिरती गहिर्याउने रहर त हुन्छ नै । यस्तै बेला ससूले बुहारीलाई कुनै काममा खटाइदिँदा उनीहरू कुठिण्त हुन सक्छन् । ‘त्यस्तै सासू परे भने त बिद्रोह गरिन्छ, छोडिँदैन’ भन्ने दृढता बोकेका हुनेवाला बुहारीहरूको नयाँपुस्ता तयार भइरहेको छ । यस परिस्थितिमा सासूहरू बढी सावधान हुनुपर्ने जरूरी छ । कतै पिताको घर र लोग्नेको घरको आर्थिक अवस्थामा व्यापक असमानता हुनाले दुवैतर्फबाट अप्ठ्यारो अनुभव गरिएको हुनसक्छ । कतै अनावश्यक कुरा काट्ने, कतै उपहारमा दिइएका वस्तुको गुण्स्तर मूल्यका कुरा उठाएर बुहारी र ज्वाँइका अभिभावकलाई होच्याउने, कुनै वस्तुको ब्रान्ड अफूले प्रयोग गर्ने ब्रान्डसित मिलेन भनेर कुनै सासूले बुहारीलाई ‘तैँ लगा’ वा ‘तेरै आमालाई दे’ भनेर फिर्ता गरेका घटना पनि हाम्रा समाजमा ताजै छन् । ‘छोरीकी सासूले पनि त्यसैगरी फिर्ता पठाइन् भने चित्त दुख्छ’ भन्ने बुझ्न नसक्नु ती सासूको ठूलो भूल हो । नयाँ घरमा आउने नयाँ दुलहीले पनि अघिल्लो पुस्ताका अपेक्षालाई बुझेर आफूलाई नयाँ घरमा समायोजन गर्ने प्रयत्न गरे ‘घरखान’ सजिलो बन्दै जानसक्छ ।
गोरखापत्र, शनिवार
