
तुलसीका मठमा र वर-पीपलका फेदमा
अक्सिजनको आवश्यकता पूरा गर्दै
मेरा देशका जनता आत्तिंदै छ्न तड्पिंदै छ्न
हस्पिटल छ बेड छैन
डाक्टर छ अक्सिजन छैन ।
एक सर्को अक्सिजन पाउन
केही जिजीविषा छपटाउदै छ्न् मृत्युसँग
देश छ सरकार छैन
समस्या छ समाधान छैन
कुर्सी चाहिन्छ ?
चाहिन्छ
सांसदका टाउका ?
त्यो नि चाहिन्छ
भ्रष्टाचारी चाहिन्छ ?
त्यो पनि चाहिन्छ
गुण्डाक नाइके ?
त्यो त नभै नहुने कुरा
अनि जनतका समस्या
अह त्यो पर्दैन
केवल ही ही भए पुग्छ
चित्कार, प्रसव पीडा, मृत्यु पीडा
यी केवल अतिरञ्जित नाटक हुन
आउनुस एक छिन हिही गरौं ।
मृत्युसँग लड्ने ती कोही हैनन
बोर्डरमा परिवारलाई
अन्तिम मुख देखाउन पर्खेका ती कोही हैनन
आफ्नो छोरो, श्रीमान-श्रीमतीको अन्तिम मुख हेर्न
दागबत्ती दिन नपाउने कोही हैनन
बरु ती असल नागरिक हुन
जो मृत्युको अङ्क गणितमा दिनानु दिन बढ्दै जादैछ्न
जो चितामा जलेर Whoमा नाम लेखाउदैछ्न
तीन दिनकी सुत्केरी मर्न लागि त ?
भो त्यो पर्दैन
यो महामारीमा जनताको चित्कार
अह त्यो नि पर्दैन
अनि भ्याक्सिन नि
त्यो पर्दैन ।
बस ल्यान्ड क्रुजरको पिपि भए पुग्छ
बस मेरो देशमा हिही भए पुग्छ
त्यसैले आउनुस यो महामारीमा हिही गरौ
रोजगारी गुम्दा भोको पेटमा आँसु पुग्दा हिही गरौ
ओखती नपुगी मर्नलाई
प्याक प्याक मुख बाउदैछ्न्
आउनुस सबै मिली हिही गरौ
किनकि यहाँ अब भूगोल छ देश छैन
मानव छ मानवता छैन
तिरस्कार छ तृष्णा छैन
अनि के गर्नु पर्छ त ?
अह यो पर्दैन त्यो पर्दैन
पर्दै पर्दैन किनकि त्यो पर्दैन
त्यसैले आउनुस न
मुख छोपेर हामी पनि हिही गरौ
आउनुस न
हामी पनि मिलेर हिही गरौ ।

समयसापेक्ष छ ।
धन्यवाद सर