Skip to content

तीन टुक्रा (आशीर्वाद)

  • by

आशीर्वाद
अन्न धनको फसल हुनु
ज्ञान गुनको पसल हुनु
अपार सम्भावनाकी खानी तिमी
ठूलो नभई असल हुनु

शुभकामना
सफलताको शुभकामना
चापलताको शुभकामना
फलदायी बनोस जिन्दगी तिम्रो
असलताको शुभकामना

मलाई चाहिन्छ
बाली रोपेपछि फसल चाहिन्छ
मलाई ज्ञान गुनको पसल चाहिन्छ
अपार सम्भावना छ तिमी “सामु”
मलाई ठुलो मान्छे होइन असल चाहिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *