देखाउँछु तिमीलाई
यही संसारमा बाँचेर
तिमी भन्दा सुखी भई
सधैभरि हाँसेर
तिमीले दिएको धोकालाई
ईख बनाई राख्छु मनमा
तिमी भन्दा राम्रो साथी
पाउछु हेर जीवनमा
तिमीले छोड्यौ
मैले पनी छोडिदिएँ सम्झिनलाई
जीवन मैले पाएको हैन
तिम्रो यादमा अल्झिनलाई
सौरभ रिजाल
हेटौडा,नेपाल
हाल: वॉशिंगटन डी सी
