Skip to content

म कसरि आउँ ?

  • by

ढोकामा गजबार छ म कसरि आउँ ?

दिलमा  छेकबार छ म कसरि आउँ ?

आँखाले त बोलाएकै हो तिमीले

मनमा पर्खाल छ म कसरि आउँ ?

आएन भन्छ्यौ रिसाउंछ्यौ ठुस्किन्छ्यौ

हातमा तरबार छ म कसरि आउँ ?

मुखमा राम राम बगलीमा छुरा छ

नआउने रैबार छ म कसरि आउँ ?

म पश्चिमको तिमि पूर्व कि कान्छी

मायाको हर्ताल छ म कसरि आउँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *