Skip to content

तीन मुक्तक (जस्तोसुकै भए पनि)

  • by

जस्तोसुकै भए पनि जिन्दगीको डुङ्गा फेरिन्न
काँडासँगै हुर्किएर सुन्दर फूलको थुङ्गा फेरिन्न
तिमी मेरो साथ लागेर बिग्रेँ भन्छौ महोदय किन
हेर्नुस् पानीसँगको सङ्गतले कैल्यै ढुङ्गा फेरिन्न ।

बाँचेकी छे ऊ धर्तीको किरा बनेर
बिनापानी सिमखेतको चिरा बनेर
धनी पाएँ भन्दै छोडी गएकी थिई
यस्तो लाग्थ्यो चम्कनेछे हिरा बनेर ।

केही न केही उसको मान सम्मान थियो
दुईचार जना भए नि जान पहिचान थियो
अहिले सदाबहार शिशिर जस्तो भए पनि
कुनै बेला त यो रूख पनि जवान थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *