Skip to content

आफ्नो कोही छैन

कोही आफ्नो छैन
कोही आफ्नो छैन
रुनु हाँस्नु आफैं त हो
कोही आफ्नो छैन

झार्छ आशु तर तरी
पुछ्ने साथी छैन
भनुँ कस्लाई त्यो पनि
कोही सुन्ने होइन

निख्रिएको भन्छन बैस
कोही हेर्ने होइन
व्यथा आफ्नो कथा झैं
कोही पढने होइन

कोही आफ्नो छैन
कोही आफ्नो छैन्
रुनु हाँस्नु आफैं त हो
कोही आफ्नो छैन

निधारमा डोकोकै
बोके झैं छ खाटा
हात सबै परिश्रमको
छ अर्को पाटा

दुख देखाइ बस्नु कति
हाँसने साथी छैन
गुजारेर एक्लो पन
बाँचने इच्छा छैन

कोही आफ्नो छैन
कोही आफ्नो छैन
रुनु हाँस्नु आफैं त हो
कोही आफ्नो छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *