कल्पना फाउन्डेसन नेपालको आयोजना र विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा, बिनेसाम नेपाल लुम्बिनी शाखाको सहआयोजनामा भएको कार्यक्रममा कृतिकार कल्पना पौडेल “जिज्ञासु” को बिद्रोहका तरङ्ग कृतिको समिक्षा आज खजुरामा गरिएको छ ।
साहित्यकार कल्पना पौडेल “जिज्ञासु” द्धारा लेखिएको कल्पना फाउण्डेसन नेपालद्धारा प्रकाशित कृति मुक्तक संग्रह बिद्रोहका तरङ्गको बारेमा समिक्षा गरिएको छ ।
कृतिकार कल्पना पौडेल “जिज्ञासु” विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा,कल्पना फाउण्डेसन नेपालकी अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ लुम्बिनी शाखा कि सल्लाहकार हुनुहुन्छ ! कार्यक्रमको प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले साहित्यले राष्ट्रको गरिमा बढाउने कार्य गर्ने भएकोले गाउँपालिकाले पनि साहित्य कला संस्कृतिमा जोड दिएको बताउनुभयो ।
भेरी साहित्य समाज केन्द्रीय समितिका समालोचना विभाग प्रमुख लेक प्रसाद प्याकुरेल, सदस्य ईश्वरी प्रसाद रिजाल र सदस्य चरित्रा शाहले कृतिमाथि समिक्षा गर्नुभएको थियो । तीनै जना समालोचकले कृतिमा प्रेम, विछोड र विद्रोहको कुरालाई अत्यन्तै सान्दर्भिक तरिकाले उजागर गरिएको विषय माथि प्रकाश पारेका छन् ।

कार्यक्रममा विशिष्ठ अतिथिहरुमा लेखक तथा साहित्यकार जीतबहादुर शाह, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकको उपस्थितिरहेको थियो ।
साथै साहित्यकारहरू शशिराम कार्की, पंकज कुमार श्रेष्ठ, रामचन्द्र आचार्य मणि अर्याल, कल्पना खरेल साथै शिक्षाविदहरू भक्त बहादुर केसी, पूर्ण बहादुर भण्डारी, किरण आचार्य इन्दिरा अधीकारी साथै अन्य साहित्यकारहरुको पनि सहभागिता रहेको थियो ।
पुरुषोत्तम अर्याल लगायतले रचना वाचन गरेका थिए । साथै गायक महेन्द्र सेढाईले समधुर गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कल्पना फाउण्डेसन नेपालका संरक्षक तथा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटाले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बोधराज प्याकुरेलले गर्नुभएको थियो ।
सोही अवसरमा तीन जना विद्यार्थीहरू नेहा गुरुङ, समीर चौधरी र आशिक केसीलाई कल्पना फाउण्डेसन नेपालद्धारा छात्रवृति पनि वितरण गरिएको थियो ।
मंसीर ७, २०७८
खजुरा, बाँके
