Skip to content

तिम्रो यादले कोरिएका ती

  • by

तिम्रो यादले कोरिएका ती तस्विरहरू सम्झिरहे
सम्झनामा आज मैले तिमीलाई नियालेर हेरे

तिम्रो यादमा बिताएका ती मेरा पलहरू
सबै मैले सुनाए मेरा जीवनका कथाहरू

मेरो जिन्दगी सबै समेटी कथा लेखे दियौ
तिमीलाई भेटने एउटा बाटो मलाई बताइदियौ

चारैतिर जता त्यतै हाम्रो मायाको चर्चा चलेछ
सम्झनामा नै मेरो यो सारा जिन्दगी बितेछ

तिम्रो साथ पाउन यो समयले साथ दिन छोडेछ
तिमीलाई खोज्दा खोज्दा मेरो धेरै समय बितेछ

गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं.२ दीपायल डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *