तिमी सङ मिलन आज संयोग ले मिलायो
सपनिमा तिम्रो तस्वीर आउदा आउदै बिलायो ।
ओठ को मुस्कान मन मन्द मुस्कुराएकी
चम्किला ती नयनले मोहित पारी लोभ्याकि ।
लहरा र पहरा जस्तै फहरिएको चुल्ठो
त्यही चुल्ठो मा यो मन कतै पर्छकि गुजुल्टो ।
मुहार भित्र सालिन मुस्कान अटल भै बस्छकी
दुई नयनको फन्को मा प्रेमको भाब पस्छकी ।
निस्छ्ल त्यो आकृति मा मायाको छाया परोस
बिश्वास र भरोसामा आशा कहिले नमोरोस।
दन्ती लहर डाको छोडी हिमाल झै मुस्कुराएकि
फुर्सदमा मौका मिलि हतैले बनाएकी।
तिम्रो हासो मुस्कानले छरेको तरंग
त्यही मुस्कानमा रम्न पाए हुन्थ्योकि उमंग ।
मल मल को टाटे चोली कति सुहाएको
नाके फुलि दाहिने पट्टी सिरै झुकाएको ।
एकै थोप्ले सिन्दुरको कती कुरा गरौ
मन मिल्छ भने तिम्ले मैले चाहा पूरा गरौ।
मन मिल्छ भने तिम्ले मैले चाहा पूरा गरौ।।
