चौबन्दी चोली छिटको फरिया त्यहाँमाथि पटुकी
मिलेको जिउ छिनेको कमर साह्रै नै जचेकी।
गहना भन्नु बोलेकै मिठो हृदय खोलेर
मरेर जाँदा केही छैन लानु बाँचौं है मिलेर।
नेपाली हामी पौरखी बानी “स्वाभिमान” सिकाउँछौं
पराईको मुलुकमा रहेर पनि संस्कारलाई जोगाउँछौं
खुँकुरी भिरी त्यो दौरा सुँरुवाल ढाकाको टोपीमा
पुर्खाको नासो चिनारी हाम्रो झल्कने ठाटैमा।
उच्च है कोटी भन्नु नै हाम्रो छत्तिस बर्ण हो
हाँसेर सबैले जिउन पाउनु मानवको धर्म हो।।
ईजरायल
गीता थापा

चौबन्दी चोली छिटको फरिया
चौबन्दी चोली छिटको फरिया त्यहाँमाथि पटुकी
मिलेको जिउ छिनेको कमर साह्रै नै जचेकी।
Ramro lagyo geeta ji
Manoj kafle