पञ्चाङ्ग र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको संक्षिप्त परिचय तथा पर्व समय सुधार

पञ्चाङ्ग
पञ्चाङ्ग भन्नाले सामान्यतया ज्योतिषशास्त्र अनुसार हरेक दिनमा पर्ने तिथि मिति, वार , नक्षत्र, योग तथा करण समेत यी पाँच अङ्ग उल्लेखित भएको दस्ताबेजलाई नै ज्योतिषिय भाषामा पञचाङ्ग भनिन्छन् । ज्योतिष शास्त्र आकाशीय ग्रह नक्षत्रहरुको स्थितिका आधारमा सबै प्राणीजगतमा पर्ने प्रभाव दर्शाउने शास्त्र हो । यसै शास्त्रका आधारमा तयार भएको पञ्चाङ्गले हाम्रो धर्म संस्कृति र परम्पराको जगेर्ना गर्न ठूलो सहयोग पुर्याउँदै आएको छ । पञ्चाङ्गलाई सरल भाषामा पात्र पनि भन्छन् । समाजको जनजिब्रोमा पञ्चाङ्गलाई “पात्र ” भन्ने शब्द रहेको छ ।
पञ्चाङ्गका बारेमा विज्ञहरुको भनाई :-
डा.लक्ष्मीनारायण ढकालको भनाई अनुसार खगोल र भूगोल विज्ञानको तुलनात्मक अध्ययनबाट निर्मित हुने ज्योतिषि शास्त्र वेदकै एक अङ्ग हुन । वैदिक युगमा ‘लगध’ नामक ऋषिद्वारा वेदांग ज्योतिषमा पंचांगीय पद्धतिलाई ज्योतिर्विज्ञानकै अंगका रुपमा प्रतिपादित गरेको पाइन्छ I लगधद्वारा यसरी मानकीकरण गरिएको सिद्धान्तलाई पछी आएर चौथो शताब्दीमा आर्यभट्ट, वराहमिहिर र भास्कराचार्य जस्ता वैज्ञानिकहरूले यसमा प्रायोगिक पक्षलाई जोड्दै व्यापक सुधार गरेको पाइन्छ I खगोल विज्ञान,गणित विज्ञान र ज्योतिर्विज्ञानमा परस्पर सम्बन्ध रहेको छ I किनकि ज्योतिषमा खगोलीय ग्रहतारा नक्षत्रहरूको घटनाक्रमलाई अध्ययन गरिन्छ भने त्यो अध्ययन गणनात्मक प्रणालीमा गरिएको छ I अत: यी तिनैवटा विज्ञानको प्रतिफलका रुपमा मानवले गरिएको प्रयोग बाट पञ्चाङ्ग सुत्रपात भएको हो ।
पञ्चाङ्ग(पात्र)को गणना :-
चन्द्रमान र सूर्यमानको गतिको आधारमा गणना गरि तयार गर्ने गर्दछन् । पञ्चाङ्ग गणना गर्दा ग्रहस्पष्टीकरणको विशेष महत्व छ । स्पष्ट चन्द्रमा र स्पष्ट सूर्यको १२ अंशको फरकमा एक तिथि हुन्छ । स्पष्ट सूर्य र स्पष्ट चन्द्रमाको योगको प्रति ८०० कलाको १ योग हुन्छ । चन्द्रमाको योगको प्रति ८०० कला भोग गर्दा १ नक्षत्र हुन्छ । पञ्चाङ्गको गणना काठमाण्डौको २७°/४२´ उ. अक्षांश र ८५°/१९´पू.देशान्तरबाट सूर्यसिद्धान्तको मूल सूत्रका आधारमा गरेर परिमार्जन समेत गरेको हुन्छन् ।
पञ्चाङ्ग गणनाको थालनी
पञ्चाङ्ग गणनाको थालनी कहिले देखि शुरू भयो होला भन्दा जहिलेदेखि दर्श पौर्णमासी योगादिका आधारमा गरिने धार्मिक कृत्यहरूको प्ररम्भ भयो त्यसैबेलादेखि पात्रोको गणनाक्रम पनि चल्यो होला भन्ने अनुमान गर्न सकिन्छ ।धार्मिक कृत्य अनादि भएकोले पञ्चाङ्गनिर्माण प्रक्रिया पनि अनादिनै सिद्घ हुन्छ । पछि गएर गणना पद्घतिमा केही परिष्कार हुँदै गएका देखिन्छन् । पञ्चाङ्ग(पात्र)ले हाम्रो चाडपर्वहरुको तिथि मिति आदिको जानकारी दिने गर्छ । ज्योतिषशास्त्रमा तिथि भन्नाले चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन तथा परेवादेखि औँसी वा पूर्णिमासम्मका दिनलाई सामान्यतः तिथि भनिन्छ । त्यस्तै नै सूर्य एक राशिबाट अर्को राशिमा सरेको दिन अर्थात राशिमा दृष्यसूर्य स्पर्श हुने दिनलाई दृष्यसूर्य स्पर्श राशिकानाम अनुसारको संक्रान्ति वा एक गते मानी त्यस राशिमा सूर्य रहुन्जेल बढ्दै जाने प्रत्येक दिनलाई मिति वा गते मानिन्छन् । सप्ताहका दिनका नामको अन्तमा लाग्ने कालावधिक सूचक शब्दलाई वार, चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका सत्ताइस नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी, कृत्तिका, रोाहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु,पुष्य (तिष्य०, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती) र मनुष्यका असलखराब अवस्थाका अधिष्ठाताहरूलाई नक्षत्र तथा कुनै माङ्गलिक कार्य आरम्भ गर्न ग्रहरुको विशेष स्थितिको अवस्था हेरेर शुभ वा अशुभ समय साइत अनुकुल समय जुडाउनेलाई योग र चान्द्रमास भित्रको उभयपक्ष (कृष्णपक्षमा आरम्भ भएर शुक्लपक्षको प्रतिपदाको थालनीको भागकादिनहरु)लाई ज्योतिषशास्त्रले करक भनिएका छन् ।
अयनांश चक्र पूरा हुने सिध्दान्त अनुसार ७०.६ वर्षमा प्रत्यक ऋतु एक दिन अगादी सर्दै जाने
पृथ्विको गति, सौर्यमण्डलको गति र चन्द्रमाको गतिको आधारमा हुने २५८०० वर्षमा अयनांश चक्र पूरा हुने सिध्दान्त अनुसार ७०.६ वर्षमा प्रत्यक ऋतु एक दिन अगादी सर्दै जाने भएकाले सायन संक्रान्ती र गणिगत संक्रान्ती याने प्रचलित संक्रान्तिहरु २४ दिन सम्मको फरक परीसकेको भन्ने ज्योतिषशास्त्र बिद्हरुको अहिले यहाँ भनिरहेको अवस्था छ । ज्योतिषषास्त्रको सो भनाई र मत अनुसार प्रचलित पञ्चाङ्गमा उलेलेखित पर्व समयको तिथि मिति भन्दा एक पूर्णपमा अघिसरि सकेको अवस्था छ । पृथ्विको गति, सौर्यमण्डलको गति र चन्द्रमाको गतिको आधारमा हुने २५८०० वर्षमा अयनांश चक्र पूरा हुने सिध्दान्त अनुसार ७०.६ वर्षमा प्रत्यक ऋतु एक दिन अगादी सर्दै जाने भएकाले सायन संक्रान्ती र गणिगत संक्रान्ती याने प्रचलित संक्रान्तिहरु २४ दिन सम्मको फरक परीसकेको भन्ने ज्योतिषशास्त्र बिद्हरुको अहिले यहाँ भनिरहेको अवस्था छ । ज्योतिषषास्त्रको सो भनाई र मत अनुसार प्रचलित पञ्चाङ्गमा उलेलेखित पर्व समयको तिथि मिति भन्दा एक पूर्णपमा अघिसरि सकेको अवस्था छ ।
पञ्चाङ्ग(पात्र)लाई सनातनीहरुले ब्रम्हवाक्य सरह नै मान्ने गर्दै आएको –
आदिकाल देखि हाम्रो सनातनी समाजमा चल्दै आएका चाड पर्वहरुका तिथिमिती तोक्ने कार्य पञ्चाङ्ग(पात्र)मा पञ्चाङ्गकारहरुले गर्दै आएका छन् । पञ्चाङ्गमा सौर्यमास र चन्द्रमासको कला ( गति अनुसार) चाड पर्व निर्धारित गरीन्छन् । हाम्रो पञ्चाङ्ग र जन्मकुण्डलको गति र चन्द्रमासको र सौर्यमासको गति अनुसार चल्छ । सौर्यमण्डल र चन्द्रमासको गति अनुसार शुध्द समयमा चाड पर्व , व्रत उपासना भएन भने कुनै फल प्राप्ती हुने छैन र हाम्रो जन्मकुण्डलीको पनि कुनै अर्थ हुने छैन । त्यसैले हामी सनातनीहरुले पञ्चाङ्गमा लेखिएका तिथि, पर्व समय, योग आदिलाई ब्रम्ह वाक्य सरह नै मान्दै पालना गर्दै आएका छन् ।
नेपाली पञ्चाङ्ग(पात्रो)को ऐतिहासिकता
नेपाली पञ्चाङ्ग(पात्र)को ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने राणा शासनकालको श्री ३ चन्द्रशमसेरका शासन काल सम्म पनि चन्द्रमास अनुसार पञ्चाङ्ग(पात्र) चलनमा रहेको र उनकै शासन कालकै वि.स. १९६१ देखि तिथि लेख्ने पुरानो चलन हटाई सौरमास अनुसार गते लेख्ने चलन चलाएको हो भन्ने देखिन्छन् । त्यसै वर्षको फागुन संक्रान्ति(कुम्भ संक्रान्ति) कुनै पात्रोमा अगिल्लो दिन र कुनै पात्रोमा पछिल्लो दिन छापिएकोले अड्डाखानामा काम गर्दा असजिलो पर्न गएकोले श्री ३ चन्द्रले पण्डितको सभा गराई अवदेखि यस्तो नहोस् भनी पण्डितहरुको एक सभा गराई अवदेखि यस्तो नहोस् भनी पं. हेमराजशर्मालाई पञ्चाङ्ग संसोधन गराउने अभिभारा सुम्पियो । यसै बर्षदेखि पञ्चाङ्ग संसोधनको काम थालिएको जानकारहरु बताउने गर्छन् । जानकारहरुका अनुसार पञ्चाङ्ग(पात्र) संसोधनको आधिकारिक जिम्मेवारी १८६१ देखि २००८ साल म्मम पं. हेमराज शर्माले पाएको र २००९ साल देखि २०२४ सालसम्म आधिकारीरुपमा पञ्चाङ्ग संशोधन भएको नदेखिएको ।
छापाखाना विकास हुनु अघि सम्म परम्परादेखि चल्दैआएको धर्म, संस्कृति, संस्कार तथा चाडपर्वहरुको संक्षण तथा धर्म, संस्कृति, संस्कार तथा चाडपर्वहरु मनाउन परम्परागत रुपमा समाजले मुढे पात्रो(पञ्चाङ्ग)को निर्माण गर्दै प्रयोग गर्दै आएको देखिन्छन् । छापाखानाको विकास संगै १९४६ सालमा पं.तोयोनाथ पन्तले पहिलो पटक छापाखानाबाट मुद्रित पञ्चाङ्ग(पात्र) प्रकाशन गरि मुढे पञ्चाङ्ग(पात्र)को स्थानमा छापाखानामा मुद्रित पञ्चाङ्ग(पात्र)ले ठाउँ लिन सफल भएता पनि पञ्चाङ्गकारहरुको एक आपसमा समन्वय हुन नसकेकाले सबै पञ्चाङ्गकारहर आ-आफ्नै तरिकाले प्रकाशन गर्ने गरेकाे देखिएका जसका कारण पञ्चाङ्गहरुमा तिथि मिती चाड, पर्व आदि एकै दिन नभई फरक फरक दिनमा पर्ने गरेका थिए । पञ्चाङ्गै पिच्छे चाडपर्वका तिथि मिति फरक फरक पर्दा आम जनमानसमा पर्व समयमा अन्योलको स्थिति देखिने गरेको अवस्था भईनै रहन्थियो ।
पञ्चाङ्ग निर्णायक समिति
मुढे पञ्चाङ्गबाट विकसित हुँदै छापाखानाबाट मुद्रित पञ्चाङ्ग(पात्र) सम्म आईपुग्दा सम्म पनि पञ्चाङ्गकारहरुको एकआपसमा समन्वय हुन नसेकेका कारण पञ्चाङ्ग(पात्र)मा एकरुपता नआएकाले देशभरबाट प्रकाशित हुने पञ्चाङ्ग(पात्र)लाई एकरुपता ल्याई परम्परा देखि चलि आएको धर्म संस्कृति संस्कार, सांस्कृतिक चाड, पर्व, तिथि आदि विषयमा एकरुपता ल्याई् निर्णय गरि परम्परागत धार्मिक र सांस्कृतिक चाडपर्वहरुको संरक्षण गर्ने उदेश्यका साथ आजभन्दा पाँच दशक अघि २०२५ सालमा तात्कालिन पञ्चायती श्री ५ को सरकारले स्व. प्राडा. मंगलराज जोशीका अध्यक्षतामा त्रि सदस्यीय एक समिति गठन गरि नेपाल पञ्चाङ्ग निर्णायक समिति नामकरण गरि स्थापना गरिएको थियो। सो तीन सदस्यीय समितिका २ जना सदस्यहरुको देहावसना भए पछि उहाँहरुको ठाउँमा अन्य सदस्यहरुको मनोायन हुन नसकेको र अध्यक्ष मंगलराज जोशीको एक सदस्यीय समितिले मात्र पञ्चाङ्ग निर्णायका कार्य गर्न नसकिने भएकाले पं. हरिलाल गौतम र ज्योतिषचार्य दामोदरनाथ लोहनी समेतलाई आमन्त्रित सदस्यका रुपमा नियुक्त गरि पञ्चाङ्ग निर्णय सम्बन्धि विषयमा निर्णय गर्दै आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको इतिहासले देखाएको छ । २०६१ सालमा अध्यक्ष मंगलराज जोशीको देहवसान भए पछि तात्कालीन श्री ५ को सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०६१/१२/ १ को मन्त्रिस्तरीए निर्णयानुसार सोही मिति देखि लागू हुने गरि ५ वर्षका लागि नायब वडागुरुज्यू श्री माधव भट्टराई ज्यूका अध्यक्षतामा नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समिति गठन गरेको देखिन्छ ।
वडागुरुज्यू माधव भट्टराई ज्यूको अध्यक्षतामा गठित समितिमा रहेका सदस्यहरु यश प्रकार रहेको देखिन्छन् :- समितिको गठन
१. डा. श्री माधव भट्टराई , नायव बडागुरुज् –अध्यक्ष २.प्राडा. केशवराज जजोशी,खगोलविद,———सदस्य
३. पं. हरिनाथ गौतम , धर्मशास्त्रचार्य, ज्योतिषाचार्य, ————े——– — सदस्य
४. डा. श्री दीर्घराज धिमिरे , वेदान्ताचार्य, न्यायाचार्य —————————– सदस्य ५. डा.श्री शाम्वराज आचार्य, सिद्धान् ज्योतिषाचार्य ———————————सदस्य
६. ज्यो. श्री मंगलदास प्रधानाङ्ग, ज्योतिषाचार्य ————————————– सदस्य ७. ज्यो. श्री सूर्यप्रशाद ढुङ्गेल ——————————=====—सदस्य सचिव ( मिति २०६२।०४।३०को निर्णयानुसार)
इतिहासले नेपाल पञ्चाङ्ग निर्णायक समिति २०२५ सालमा स्थापना भएको देखाएता पनि पञ्चाङ्ग निर्णाय समितिको लिखित अवधारण भने २०६२ सालमा मात्र ६ बुँदे सानो कार्यक्षत्र तोकिएको नेपाल राजकीय पञ्चाङ्गश निर्णायक समितिकन नामबाट समिति संचालन सम्बन्धी अवधारणा-२०६२ श्री को सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको देखिन्छ। २०२५ सालमा नेपाल पञ्चाङ्ग निर्णायक समितिको नामले गठन भएको समिति २०६१ चैत १ सम्म आईपुग्दा नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिमा रुपान्तरण भएको इतिहासले देखाएको छ ।
,
नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समिति संचालन सम्बन्धि अवधारण-२०६२ मा उल्लेखित ६ बुँदे कार्यक्षत्र निम्न लिखित अनुसार रहेको देखिन्छ :-
कार्यक्षेत्र
* वि.सं. २०२५ सालमा गठित नेपाल पञ्चाङ्ग निर्णायक समितिले सम्पादन गर्दै आए बमोजिम
प्रचलित नेपाली पञ्चाङ्ग तयार गर्ने गराउने एव अन्तिम स्वकृति दिने ।
* परम्परागत धार्मिक र सांस्कृतिक चाड, पर्व, तिथि आदि विषयमा निर्णय दिने ।
* सूर्यग्रहण, चन्दग्रहण लगायतका अन्य ग्रह नक्षत्रमा आधारित विषयहरुमा अन्तिम निर्णय गर्ने ।
* यश अघिको पञ्चाङ्ग निर्णायक समितिले गर्ने अन्य कामहरु गर्ने ।
* समितिले आवस्यक देखेका सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा विज्ञलाई आमन्त्रण गरि राय परामस लिने तथा आवस्यकता अनुसार धर्मसभा तथा सम्मेलन गर्न सक्ने।
* समितिले देखेका अन्य आवस्यक कार्यहरु गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितले प्रकाशित गरेको पञ्चाङ्ग भास्करमा प्रकाशित समितको गतिविधि अनुसार नेपाल पञ्चाङ्ग निर्णायक समितको गठनको इतिहासमा मन्त्रिस्तरिय निर्णयबाट मात्र समिति गठन हुने भई आएकोमा ०६२/६३ को जनआन्दोलनबाट देशमा आमूल परिवर्त भई राजतन्त्र समाप्त भए पछि नेपाल सरकारको मिति २०६८ जेष्ठ १३ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णयले नेपाल पञ्चाङ्ग निर्णायक समितिको पुनर्गठन भई प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा ११ सदस्यिय नयाँ समिति गठन भएको देखिन्छ ।
२०६८ जेष्ठ १३ को मन्त्रिपरिषदको निर्णय अनुसार पुनर्गठित समितिमा :-
१ . प्रा डा. माधव भट्टराई ———————-अध्यक्ष
२. प्रा डा. दीर्घराज धिमिरे ———————सदस्य
्३. प्रा डा. साम्वराज आचार्य ——————-सदस्य
४. प्रा डा. राम,चन्द्र गौतम ———————-सदस्य
५. प्रा. मंगलदास प्रधानमङ्ग ———————सदस्य
६. प्रा. श्रीकृष्ण अधिकारी ———————-सदस्य
७. डा. देवमणि भट्टराई ————————–सदस्य
८. ज्यो. तुलसीनाथ जोशी ———————–सदस्य
९. सहायक प्रा. पूरुषोत्तम भट्टराई —————सदस्य
१०.डा. लोकराजपौडेल————————-सदस्य ११.ज्यो. सूर्यनाथ ढुङ्गेल—————- सदस्य सचिव , मन्त्रिपरिषदको निर्णयले नेपाल पञ्चाङ्ग निर्णायक समिति गठन भई सकेको अवस्थामा पनि त्यसको ठिक दुई वर्ष उन्नान्तिस दिनमा तल झरेर २०७० असार १२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरिए निर्णयले पुनः नेपाल पञ्चाङ्ग निर्णायक समितिको पुनर्गठन गरिएको अभिलेखले देखाउछ ।
२०७० असार १२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुनर्गठन गरिएको नयँ समितिमा यश प्रकार छन् :-
१. प्राडा. रामचन्द्र गौतम ———————–अध्यक्ष २. प्राडा. दिर्घराज धिमिरे ———————–सदस्य ३. प्राडा. साम्बराज आचार्य ——————–सदस्य ४. प्रा. दिनेशराज पन्त ————————–सलस्य ५. डा. जगमान गुरुङ्ग —————————सदस्य ६. डा. खिलनाथ वास्ताकोटी ——————-सदस्य ७. दैबज्ञ कीर्तिमदन जोशी ———————-सदस्य ८. श्रीमती विद्याकुमारी वज्राचार्य ————— सदस्य ९. ज्यो.पं. सूर्यप्रशाद ढुङ्गेल ———— सदस्य सचिव ( यस समितिले हाल सम्म नै निरन्तरता पाई रहेका छन् भने सदस्य सचिवमा रहनु भएका ज्यो. पं. सूर्प्रशाद ढुङ्गेलज्यूले २०६२ /४/३० देखि लगातार हाल सम्म अतुत रुपमा सदस्य सचिवको जिम्मेवारी पाउदै आउनु भएको छ। वहाँ व्यसायिक पञ्चाङ्गकार समेत हुनु हुन्छ वहाँको सम्पादक तथा प्रकाशकमा सूर्य पञ्चाङ्ग हरेक वर्ष नियमित रुपमा प्रकाशित भईरहेको छ। )
पञ्चाङ्ग(पात्र) संसोधन( सुधार)को इतिहास् :-
नेपाल पञ्चाङ्ग निर्णायक समिति स्थापना(गठन) हुनु अघि देखि नै पञ्चाङ्गमा समय सापेक्ष संसोधित हुँदै आएको पञ्चाङ्गको इतिहासले देखाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति स्थापना(गठन) हुनु अघि देखि नै पञ्चाङ्गमा समय सापेक्ष संसोधित हुँदै आएको पञ्चाङ्गको इतिहासले देखाएको छ ।
नेपाल पञचाङ्ग निर्णायक समिति गठन पछि पनि पञचाङ्ग(पात्र)हरुमा फरक फरक रहि एकरुपता नदेखिएको पञ्चाङ्ग(पात्र)को ईतिहासले देखाएको छ ।
पूर्णिमा, इतिहास-प्रधान त्रेमासिक पत्रिका ३८ पूर्णङ्कमा रामजी तिवारी समेतले लेखिएको लेख अनुसार नेपाल पञचाङ्ग निर्णायक समिति गठन पछि पनि पञचाङ्ग(पात्र)हरुमा चाडपर्वहरु फरक फरक तिथि मितिमा परेको देखाएको देखिएको थियो ।
नेपमल पञ्चाङ्ग निर्णायक समिति अब नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा रुपान्तरण
२०२५ सालमा तात्कालिन पञ्चायती श्री ५ को सरकारले स्व. प्राडा. मंगलराज जोशीका अध्यक्षतामा त्रि सदस्यीय एक समिति गठन गरि नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई नेपाल सरकारको मिति २०७८/४/ १८ मा प्रकाशित राजापत्र अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति (गठन) आदेश २०७७ बमोजिम नेपाल पञ्चाङ्ग निर्णायक समितिको सम्पूर्ण दायित्व स्वतः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा सर्नेगरी पुरानो।नेपाल पञ्चाङ्ग निर्णायक समिति खारेजगरी नेपाल पञ्चाङ्गर निर्णायक विकास समित गठन गरि नयाँ समितिलाइ निम्न काम, कर्तव्य र अधिकार तोकि दिएको छ –
. समितिको काम कर्तव्य र अधिकार :
(१) समितिको काम कर्तव्य र अधिकार र देहाय बमोजिम हुनेछ –
(क) समितिको वार्षिक बजेट, कार्यक्रम तथा योजना स्विकृत
गने,
(ख) नेपाली पञ्चाङ्गको गणना गने, गराउने तथा सो सम्बन्धि
विषयमा आवस्यक निर्णय गर्ने ,
(ग) पात्रो तयार गरी प्रकाशन गने, बिक्री वितरण गने,
(घ) समितिमा दर्ता भएका पञ्चाङ्ग रुजुगने, तिथि र चाडपर्व बारे
निर्णय गने,
(च) सूर्य ग्रहण, चन्द्र ग्रहण समय शुद्धि लगायतका अन्य ग्रह
नक्षत्रमा आधारित विषयमा अन्तिम निर्णय गर्ने,
(ङ) विवाह, व्रतवन्धन तथा सामाजिक र सांस्कृतिक परम्परा
तथा धार्मिक अनुसन्धान संग सम्बन्धित तिथि मुहूर्त र
साइतको निर्णय गर्ने ,
((च) सूर्य ग्रहण, चन्र ग्रहण, समय शुद्धि लगायतका अन्य ग्रह
अन्य नक्षत्रमा आधारित विषयमा अन्तिम निर्णय गर्ने,
(छ) नेपाल सरकारलाई विभिन्न चाडपर्व , तिथि, मिति मुहूर्त
साइत आदिको विवरण उपलब्ध गराउने,
(ज) पञ्चाङ्गकारको न्यूनतम योग्यता निर्धारण गरी तोकिए
बमोजिमा पञ्चाङ्गकारको सूची तयार गने,
(झ) पञ्चाङ्गसग सम्बन्धित समसामयिक लेख तथा पुस्तक
प्रकाशन गरी बिक्री वितरण गर्ने,
(ञ) पात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थालाई तोकिए
बमोजिमको मापदण्डका आधारमा स्वीकृति दिने,
(ट) ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्ड सम्बन्धि विवादको
निरुपण गने,
(ठ) समितिको स्वीकृति बिना प्रकाशन भएका पात्रो तथा
क्यालेण्डर सम्बन्धमा जाँचबझ गरी गलत रुपमा प्रकाशन
भएका पात्रो तथा क्यालेण्डरको सूची प्रकाशन र प्रयोग गर्न
रोक लगाउने,
(ड) ज्योतिषशास्त्र, धर्मशास्त्र , संस्कृति र कर्मकाण्ड सम्बन्धमा
अध्ययन अनुसन्धान गरी सोको प्रतिवेदन प्रकाशन गने,
अनुसन्धान गरी सोको प्रतिवेदन प्रकाशन गने,
(ढ) पात्रो तयारी र प्रकाशन सम्बन्धमा आचारसंहिता तयार गरी
लागूगने, गराउने,
(ण) विभिन्न धर्म, संस्कृति, परम्परा र सम्प्रदायका चाडपर्व
सम्बन्धि विवरण तयार गर्ने, संकलन गने,
(त) धर्म संस्कृतिको संरक्षण , प्रवर्द्धन र विकास गर्न उचित
देखिएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(र्) ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्ड सम्बन्धि विषयमा
तालिम र प्रशिक्षण सञ्चालन गने, परामर्श सेवा प्रदान गने,
(द) आफ्नो कार्यक्षेत्रको विषयमा सभा, सम्मेलन , गोष्ठी, प्रवचन
आदिको आयोजना गने,
(२) समितिले पञ्चाङ्ग सम्बन्ध विषयमा निर्णय गर्दा
धर्मसंसकृति , ज्योतिषशास्त्र र लोकपरम्पराका आधारमा
गर्नेछ।
नेपालमा पर्व समय सुधारका प्रयासहरु
पञ्चाङ्गमा पर्व समय सुधार गरि गर्न लगाई अशुद्ध समयमा कर्म गर्न बाध्य भएका सनातनीलाई फलदात्मक शास्त्रवत् शुद्ध समयमा गर्न पाउने व्यवस्था सरकारको तर्फबाट पहल हुनु पर्छ भन्ने विषयमा विज्ञहरुबाट आज भन्दा ५ दशक आगादी अर्थात २०२० सालामा ईतिहास शिरोमणी श्री बाबुराम आचार्यजीको अध्यक्षतामा पञ्चाङ्ग सुधार समिती बनेको ईतिहास हामी संग छ ।
यसरी छ दशक अघिदेखि सनातनीहरुले बहसमा ल्याईरहेको जनसरोका विषयलाई दृष्टिगत गर्दै २०२५ सालमा स्थापित नेपाल पञ्चाङ्ग निर्णायक समितिका तात्कालिन अध्यक्ष्य प्रा. डा.मंगलराज जोशीज्यू समेतको सल्लाहमा बि.सं. २०६१ साल पौष महिनामा तीन उपसमिति सहित स्थायी अयन वर्षारम्भ तथा पर्व सुधार गर्न अभियान प्रारम्भ भएको थियो । फलस्वरुप वि. सं. २०६२ आषाढ १६ गते महेन्द्र संस्कृत बिश्वबिद्यालयको सहयोगमा राष्ट्रिय गोष्ठी प्रज्ञाभवन काठमाण्डौमा सम्पन्न भयो र तत्पश्चात वि.सं. २०६२ पौष ४ गते ज्योतिष गोष्ठी ।४० ज्योतिषी सहभागी जुद्धोदय मा. बि. परिसरमा सम्पन्न भई पर्व सुधार गर्ने सम्बन्धमा निर्णय गरिएको थियो ।
ती गोष्ठीमा पारित भएका निर्णयबमोजिम पञ्चाङ्ग निर्णयाक समितिले मात्र आवस्यक कदम उठाउन नसकेको देखिएकाले २०६३/३/८ मा संस्कृति पर्यटन तगा नागरिक उड्यया मन्त्रालयमा एक राष्ट्रिय आयोग गठन गरि उपयुक्त निर्णयमा पुग्न आग्रह गरिएबमोजिम नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बाट मन्त्रिस्तरको मिति २०६३/८/२६ को निर्णय अनुसार प्रा. श्री कृष्ण आचार्य , पूर्व उपकुलपति,म.स.वि.वि.को अध्यक्ष्यतामा ई. श्री हरिनारायण मल्ल सदस्य सचिव रहने गरि पर्व सुधार राष्ट्रि कार्यदल तथा सो अन्तर्गत कार्य गर्न धार्मिक, ज्यौतिष, बैज्ञानिक र वैदेशिक समिति समेत गरि चारवटा उपसमिति समेत गठन गर्ने गरीगठन गरिएका थिए ।
पर्व सुधार राष्ट्रीय कार्यदल ” नै गठन गरि सर्व साधरण जनमानसमा कुनै अन्यौल नहुने र अन्यौल नगरी प्रचलित सिद्धान्त र ज्योतिष शास्त्र र सनातनी धर्म शास्त्रलाई यथावटै राखी ऋतु बिग्रीयको अयन विषुवत् संक्रान्ती दिन तथा पर्वलाईबिग्रीयको हद सम्म परिवर्तन गर्न गराउनु पर्ने सुझाब सहितको प्रतिबेदन पर्व सुधार राष्ट्रीय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझायको प्रतिबेदनलाई बैज्ञानिक निश्कर्ष मानेअनुसार बि.सं. २०६५ पौष १६ मा बि. सं. २०६७ बैशाखमा परेको अधिकमासको सहायतता लिई बि. सं. २०६६ चैत्बाट एक महिना वर देखी लागुहुने गरि प्रचलित पञ्चाङ्ग प्रणालीमा आवश्यक सुधार गर्ने भन्ने तातकालिन नेपाल सरकारले गरेका थिए । परन्तु त्यसबेला त्यो निर्णय विविध कारणहरु बाट कार्यरुप लिन सकेन र पर्व सुधार कार्यान्वन्नको त्यो निर्णय मन्त्रीपरिषदको कार्यालयको दराजमा नै आज सम्म थन्किएर थातीमा नै रहेका छन् ।
पर्व सुधार राष्ट्रीय कार्यदलले पेस गरिएको प्रतिबेदन अनुसार प्रचलित पञ्चाङ्गमा आवश्यक सुधार गर्ने निर्णय नेपाल सरकारले कार्यान्वयन गर्न नसकी निर्णय नै थनकी रहेको अवस्थामा पर्वसुधारका अभियन्ताहरुले अहिले प्रचलनमा रहेको पञ्चाङ्ग( पात्र) मा प्रतिबेदन मुताबिक समयानुकुल परिमार्जन गरि पर्वहरु सुधार गर्नु पर्ने भन्दै सरकार, पञ्चाङ्ग निर्णायक समिती लगायत सरोकारवाला सवैलाई नैतिक दवाबब दिन प्रचलित पात्रमा तोकिएको तिथिमितीको भन्दा ठिक एक महिना अगादी नै पर्वहरु मनाउने अभियान एक दशक देखि चलाउँदै आएका छन् । पर्व सुधारको अभियान ” पर्व सुधार राष्ट्रीय कार्यान्वञ समिती, नेपाल” र पर्व समय सुधार समाजले संस्थागत रुपमै नेत्रुत्व गर्दै आएका छन ।
समयममा पञ्चाङ्गमा समय साक्षेप संशोधन हुँदै आएको देखिए तापनि पर्व समय सुधार गरेको भने कुनै लिखित प्रमाण भने देखिन्दैनन् :-
पञचाङगमा पर्व समय सुधार गरिएको नेपालमा कुनै लिखित प्रमाणहरु आज सम्म नभेताए पनि नेवाः समाजले आफ्नो संस्कृति पर्वहरु मध्य यःमरी पुन्हि र ज्याः पुन्हि पर्वहरुको समय सुधार गरि पर्व मान्दै आएमा आधारहरु भने छन् । चन्दमास गतिको गणनामा चल्ने नेपाल सम्बतको तछला महिनामा पर्ने ज्याःपुन्हि( सौर्यमासको गणनामा चल्ने बिक्रम सम्बतको जेष्ठशुक्ल पूर्णिमा)लाई बिहान देखि बेलुका सम्म काम गर्न नहुने परम्परागत मान्यता लिई आएको पूर्णिमा हो । जेष्ठहरुले ” यःमरि पुन्हिका दिन रातभरी सुतेर र ज्याःपुन्हिका दिन दिनभरि काम गरेर पनि नपुग्ने मानिसको कहिले पनि चित्त सुखः हुँदैनन् ” भन्ने गर्दै आएका छन् ।
ज्याःपुन्हिका दिन वर्षको सवैभन्दा लामो दिन भएकै कारण नेवाः समाजले आज भन्दा चार शताब्दी अघि देखि नै नेपाल सम्बतको तछला महिनामा पर्ने ज्याःपुन्हि (जेष्ठशुक्ल पूर्णिमा) का दिन पाटनको दरवारक्षेत्रमा मेघ मल्हार गायन पर्व संस्कृति संचालन तथा राजा श्रीनिवास मल्लको सिंहासन समेत प्रदर्शन गर्ने सांसकृति पर्व मनाउदै आएको आज सम्मको इतिहास छ । सो मेघ मल्हार गायनमा राजा श्रीनिवासले रचेका ३१ वटा रागसहितका दाफा गितहरु वाद्यवादक तथा गायकहरु द्वारा दाफा भजन गरि गायन गरिने गरिन्छ । मेघ मल्हार गायनले वर्षा शुभारम्भ भयो भन्ने जनाउछ ।
वर्षदिन भरिको सवैभन्दा छोटो दिन सम्बद्ध थिलापुन्हि / यःमरीपुन्हिको( मार्गशुक्ल पूर्णिमा) दिन बाट क्रमशः यःमरीको टुप्पो जति दिन लामो हुने त्यस्तै निकै जाडो हुने समय मीन पचास समाप्त भई घ्यःचाकुसल्हुया( माघे संक्रान्ति)को हाम्वः(तिल)को गेरा जति दिन क्रमशः दिन लामो हुँदै वसन्त(श्रीपञ्चमी) पञ्चमी बाट घाम कडा हुन गई गरमयाम सुरु हुने भन्ने नेवाः समाजको परम्परागत कथन र मान्यता समेत नेवाः समाजमा रहि आएका छन् । नेवाः समाजको यो कथन र मान्यता आजसम्म पनि सवैले प्राकृतिकरुपमा अनुभुती गर्दै नै आएकै छन् ।
ललितपुरका मध्यकालिन मल्लराजा सिध्दिनरसिंह ने. सं. ७४० मा राजा राजगद्दीमा बसेपछि उनले आफ्नो दरवार अगादि विस्वप्रसिध्द ढुंगै ढुंगाको २१ वटा सूनको गजूर भएको श्रीकृष्ण मन्दिर बनाउन लगााएर मन्दिरमा रुक्मणी, सत्यभामा सहित श्रीकृष्णको मूर्ति स्थाना गरि ने.सं. ७६१( वि.सं. १६९८) मा देश र जनताको सुख, स्मृध्दि एवं कल्याण हेतु प्रत्येक वर्ष कार्तिक महिनामा नचाउने गरि लोक प्रसिध्द कार्तिक नाच बनाएर कार्तिक नाचको शुभारम्भ गरि ज्याःपुन्हिका दिन मेघ मल्हार गाउन लगायर दाफा भजन सांस्कृतिक पर्व शुभारम्भ गरेका थिए । यसरि चारसय वर्ष अघि देखि ज्याःपुन्हिका दिन वर्षको लामो दिन मानेर मेघ मल्हार गायन महोत्सव गरि सांस्कृति पर्व मान्दै आएको पर्व समय सुधार गरि संस्कृति पर्व मान्दै आएको मूल मान्यता नेवाः समाजमा रहि आएको छ ।
{ लेखन सामाग्री सोत :-नेपाल पञ्चाङ्ग निर्णायक समिति संचालन सम्बन्धी अवधारणा – २०६२, नेपाल पञ्चाङ्ग निर्णायक समितबाट प्रकाशित पञ्चाङ्ग भास्कर, पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन-२०६४, प्रा. डा. श्री रामचन्द्र गौत्तमको ” पर्वसुधार- शास्त्रीय चिन्तन लेख( पर्वसुधारका आधारहरु पुस्तक- पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिबाट प्रकाशित ) ,पूर्णिमा, इतिहास-प्रधान त्रेमासिक पत्रिका ३८ पूर्णङ्क, मिति २५ पुस २०७६ नेपाली समाचार पत्र ) तथा पर्व समय सुधार समाजबाट प्रकाशित सूभमूहुर्तको दोस्रो अङ्क समेत }
शभ मुहूर्त – २०८१
पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल
✍️ ~ #प्रकाशमानशिल्पकार
~०~
