मुस्ताङ्गे बाटो
फुसफुसायो हिउँ
लेक लागेछ
समुद्री तट
जेलिएकेा लेउमा
किराको वस्ती
पहराहरु
रसाएनन् कहिल्यै
ढुङ्गाको मुटु
भिरको बाटो
लडाकु दस्ताहरु
परेड खेल्दै
जंगली काँडो
तिखारिएछ साहै
ताछ्नु पो पर्ला
एकलव्य राज
बयरवन ३ हरकपुर मोरङ
हाल नवोदित साहित्यिक वाचनालय दोहा
