Skip to content


मनभित्र थुप्रै कुरा मान्छेको अटेको हुन्छ
सेखी, दुर्भाव लोभ आदि खोटोझैँ जमेको हुन्छ ।।

यदि मन कालो छ भने संसार सबै कालो हुन्छ
हेराइ नै दोषी छ भने सृष्टि सारा दोषी हुन्छ
अमृत जस्तो मीठो बोली विष जस्तै लाग्ने हुन्छ
राम्रो सोचाइ राख्नाले मनले शान्ति पाउँछ ।।

मनकै तीव्र चाहनाले मान्छेलाई क्रूर बनाउँछ
हर्ष, खुसीले खाए पनि साग र सिस्नु अमृत बन्छ
लोभ लालचमा नभए सृष्टि सबै उज्यालो हुन्छ
मनको सारा लिप्सा हराए विश्व सारा हलुको हुन्छ ।।

कोपुण्डोल-१

Leave a Reply

Your email address will not be published. Required fields are marked *