Skip to content


नसोच खाली मेरो हृदयमा फलामहरू
चिन्नसके छ यहाँ नि निको पार्ने मलामहरू

माया छाँयासरी मात्र सँधैभरि भागिरह्यो
रावण मात्र हैन छन् म भित्र नि रामहरू

बाह्रै महिना कुहिरोले ढाकेको यो बस्ती भित्र
खोज्दै हिडेको छु यहाँ नपाए पनि घामहरू

कंगाल माथि कंगाल हुदैछु म त आजभोलि
भोग्दै हिडेको छु तिम्रो नामको बदनामहरू

हरपल तिम्रो तिर्सना र सोचाइमा डुबिरहँदा
भुल्न थालेको छु अचेल आफ्नो नै नामहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *