Skip to content

“एकल यात्री”को ‘यी आखामा जुध्ने नजर अब अन्तै तरे हुन्छ’ को जवाफ

तिमीबाहेक कसैसंग नजर चार गर््या छैन
धरोधर्म तिम्रो कसम अन्त डेरा सर््या छैन

दिलदिमागमा तिम्रै मात्र तस्विर छु सजएकी
त्यती नीच नसोच न स्तरबाट झर््या छैन

विश्वासघाती भन्छौ मलाई कुरै नबुझि तिमी
तिमी बाहेक कसैले यो दिलमा राज गर््या छैन

परिस्थिति त्यस्तो पर्यो भन्न पाइन तिमीलाई
मायाको यो फूलबारीमा अरु बीज छर््या छैन

तिमीले नै छाडेपछि अरु को छ आफ्नो भन्न
म त उहिल्यै मरिसकें शरिर मात्र मर््या छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *