युवाशक्ति तताउने घाम छैन म कुन घामको कुरा गरौ
समय बिताउने कुनै ठाम छैन म कुन ठामको कुरा गरौ
दिनदिनै विदेशिने लहर बढ्दै गइराछ आजकल
यो देशमा कुनै काम छैन म कुन कामको कुरा गरौ
धेरै ठाँउमा योग्यता र अन्तरवार्ता दिदा पिन
बेरोजगारले कत्ति दाम छैन म कुन दामको कुरा गरौ
किहंले पूर्व कहिले पश्चिम रोजगार कहीं पाइएन
घरमा खाने कत्ति माम छैन म कुन मामको कुरा गरौ
शरद शिषिर अनि बसन्त क्रृतु त चलिरहेछ
रोजगारको कुनै याम छैन म कुन यामको कुरा गरौ
