तिमी साथ थियौ त मात लागेर आयो
हरायो उज्यालो दिनै रात लागेर आयो
उठाएर घर्ति नै फ्याक्छु जस्तो लाग्ने
सम्हाल्नै नसक्ने कस्तो उन्मात लागेर आयो
बोल्न त पुरा दुनिया बोल्छ धेरै कुरामा
तर किन किन तिम्रै प्यारो बात लागेर आयो
जाँउ कि हँ कतै जहाँ तिमी अनि म मात्रै
यहाँ त लोभी भमराहरु को जमात लागेर आयो
देख्नासाथ तिमीलाई तातेर स्नायुहरु सारा
अकस्मात् जवानिको पुरै खात लागेर आयो
