छेउमा आई बसै भने मात लाग्ला जस्तो हुन्छ
टाडा कतै जाऊ भने घात लाग्ला जस्तो हुन्छ
नजर नै नसालू छन नसा पीए बराबरका
अंगालोमा बेरू भने बात लाग्ला जस्तो हुन्छ
खेलाएर केस रासी बसलेर काखमा सधै
दिनमा पनि भनै भने बात लाग्ला जस्तो हुन्छ
बिधाताको लीला कस्तो अचम्म छ बुझ्नै गार्हो
पिरतीको खै के भनै जात लाग्ला जस्तो हुन्छ
तीर्थ (यात्री ) पौडेल
लखनपुर ३ झापा,
