लगाई दियो दाग मलाई जीवन भरी रुनलाई
कुन साबुन छ प्रिये,,,, बदनाम धुनलाई ।
डुबेका थियौ सँगसगै मायांको सागरमा
ओभानो तिमी रुजियौ म सुख्ख बगरमा ।
चुडाई दियो तिमीले मेरो खुशीको मुनालाई
कुन साबुन छ प्रिये,,,, बदनाम धुनलाई ।
तगारो भो चोखो मायां जानिफकारका नगरमा
सस्तो मजाक भएं म दुनियाँका नजरमा ।
सस्तो सपना बांड्यौ किन आकाश छुनलाई
कुन साबुन छ प्रिये,,,, बदनाम धुनलाई ।
लगाई दियो दाग मलाई ,,,,,,,,,,
– लाक्पा शेर्पा
