Skip to content

यो यो भनी तोक्दिन म


राम्रो उपनाम तिम्रो लागि अबदेखि घोक्दिन म
तिम्रै यादमा जाँड रक्सी कहिल्यै पनि धोक्दिन म

कोठाभित्र छिर्नु अघि खोक्ने गर्नु भन्थ्यौ तिमी
कोठा भित्र छिर्छु सिधै बाहिरबाट खोक्दिन म

तिम्रो यहाँ आउने जाने आफूलाई नै ठान्थे मैले
आउँदा रैछन थुप्रै व्यक्ति यो यो भनी तोक्दिन म

शरीर नै बेच्नु थियो भने नाङै हिंडे भै’गो नि त
लाज ढाक्ने तिम्रा लुगा अब देखि बोक्दिन म

आफ्नो चरित्रको बयान नगर्दा नि हुन्छ अब
बिश्वास दिलाउन अरुलाई भुइमा निधार ठोक्दिन म

मेरो प्यारो ‘उत्तम्’ भनि अङ्गालोमा आए पनि
अरुले टोक्ने तिम्रो गाला कहिल्यै पनि टोक्दिन म

दुनियाँले तिमीलाई जे गरेनी गरून् अब
कसैलाई नगर भनी अबदेखि रोक्दिन म

Leave a Reply

Your email address will not be published. Required fields are marked *