कुन महिमा जान्दछ्यौ तिमी
कुन रेष्टुरेन्टमा जाने हो
तिम्रो प्रेमी कहाँ लडेको छ
कसरी सजिलै भेट्ने हो ।
जाँड तुम्बाका भाँडा बीच
कि भाषण छाँट्दै हो
नसाको सुरमा कुन दलमा
भेटिन्छ चुर्लुम्मै डुवेको
कुन जङ्गी अखडा जान्दछ्यौ तिमी
कहाँ भाङ खाँदै हो
नचिनेर तिमीलाई नै
फुली खोस्न आउँदो हो
कुन पुलमुनी जान्दछ्यौ काली
कहाँ सुई हान्दै हो
वा भेटिन्छ त्यस्तै ठाउँमा
नसाले बेहोस भएको ।
कुन बाटो हिड्छ्यौ तिमीले
बाटो कहाँ पुग्ने हो
तिम्रो प्रेमी बाटो भुलेर
भिरबाट हाम फाल्न पुग्दो हो ।
