Skip to content

मानिस भौंतारिदै हिंड्दछ, किन?


मानिस भौंतारिदै हिंड्दछ किन?
चराचर जगतमा रहेको ब्याप्त ईश्वरलाई नदेखेर
मनमा एकल सुख र शैलीका अनगिन्ती कुन्ठा बोकेर

खोज्दछ, ईश्वरलाई मठ र मन्दिरमा
आफ्नै सरह नबुझेर लत्याउँदछ,
अर्को आत्मालाई डुबेर बिलासीतामा

केबल नगर्दो हो अपमान बुझ्दो
होत ईश्वर हो सम्मान
कति रमाउँथ्यो, होला यो जगत
मान्छे बन्दो हो त महान

जन्मेर आयो खाली हात तर
सधैं खोज्छ, के हराएको छ उसको जहाँ
झुटको खेती लगाई मानिस खोज्दछ, रित्तो
आत्मामा अमर हुन यहाँ

मानिस जस्तो अहङ्कारी भै यो धर्तिलेपनि
छोड्दो होत आफ्नो रतिभर धर्म
के नै पो बाँकी हुन्छ, र मनुस्य
यहाँ गर्नको लागी भनी तिम्रो कर्म

असह्य राप बोकेर उसै गरी उदाउँछ,
सूर्य काला ती पहर फाँटेर
कहिले?? उदाउँछ, हे मनुस्य तिम्रो मनमा
भाईचारा जाने बेला भयो २१सौं सताब्दी बितेर
थोरै टाढा हुने सके लोभ-मोह र वासनाबाट
निश्चयनै थालनी हुन्छ सुकर्मको मनष्य तिमीबाट

गीता थापा
ईजरायल

1 thought on “मानिस भौंतारिदै हिंड्दछ, किन?”

  1. हो गीता जी भौतारी रहेछ तपाइले
    हो गीता जी भौतारी रहेछ तपाइले भनेजस्तो

    २१ सताब्दी बितिसक्दा पानी कोई के को पिरले ता कोई के को पिरले

    राम्रो कबिताको लगी मनै देखि खुसी हुदै फेरी भेटने आशा गर्छु येसै ठाउमा

    मायाको कोसेली लिएर ……….. कतै हामी पनी भौतारिदै भौतारिदा

    मझेरिमा फेरी …….

    मानीस भौतारिदै हिद्दछ, कीन?

    चरा-चर् जगत्मा रहेको ब्याप्त ईश्वरलाई नदेखेर

    मनमा एकल सुख र सैलिका अनगिन्ती कुन्ठा बोकेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *