कहिलेकाहीँ लाग्छ मलाई
काठमाण्डु जान पाए
लाउन पाए राम्रो राम्रो
मीठो चोखो खान पाए !
भन्छ मेरो किताबले
रमाइलो छ सहर त्यो
रमाइलोमा डुल्ने, घुम्ने
मेरो पनि रहर यो ।
कहिलेकाहीँ लाग्छ मलाई
मोटरगाडी चढ्न पाए
सहरका ठूला-ठूला
इस्कुलमा पढ्न पाए ।
भन्नुहुन्छ हजुरबाले
सहरमा त गजब छ रे
आमा पनि भन्नुहुन्छ
जे खोज्यो त्यै पाइन्छ रे ।
कहिलेकाहीँ लाग्छ मलाई
सहर यतै आए हुन्थ्यो
सहरसित चँै पाखामा
हाँस्न खेल्न पाए हुन्थ्यो ।
