गामबेंसीमा आउँदा जाँदा सँगै हिंड्न पाए हुन्थ्यो
पर्खिरा’छु तिमीलाई नै यसो यतै आए हुन्थ्यो
एक्लै हिंड्दा तिमीलाई ’नि लाग्दो होला डर कति
लामो बाटो एकान्तमा चाहिएला बोल्ने साथी
घाँस-दाउरा मेला-पाता सँगै गर्न पाए हुन्थ्यो
पर्खिरा’छु तिमीलाई नै यसो यतै आए हुन्थ्यो
जिस्काएको जोडी वरले निको हुन्न तिम्लाई कत्ति
सुस्ताउदा चौतारीमा चाहिएला बोल्ने साथी
कुवा-पानी रोदीघर सँगै जान पाए हुन्थ्यो
पर्खिरा’छु तिमीलाई नै यसो यतै आए हुन्थ्यो
गाम्बेशीमा आउँदा जाँदा सँगै हिंड्न पाये हुन्थ्यो
पर्खिरा’छु तिमीलाई नै यसो यतै आए हुन्थ्यो
– बि. पि. आलोक
योर्क, बेलायत
१० जुलाई २००९
bp122@york.ac.uk, b.p.aalok@gmail.com