Skip to content

चिसो चुलो चिसो ओछ्यान जिन्दगी नै चिसिएझै
खुशी सबै दूर भए दुखेसोमा मिसिएझै
दैब तेरो बास, दु:खीमा नै हुने भए मलाई अझै डस् $

रोदी घर’नी बिरनो’भो मरी गयो आशा
आफू एक्लो अन्ध्यारोमा काहा मागू बास
टेक्ने हाङगो काही छैन न समाउने डाली
बाच्नुको अर्थ के भो सधैं आसुँ झारी

रित्तो घर रित्तो आगन जिन्दगीनै रित्तिएझै
खुशी सबै दूर भए दुखेसोमा मिसिएझै
दैब तेरो बास, दु:खीमा नै हुने भए मलाई अझै डस्

जङगलको रुवाइ भो अब के नै रह्यो
घरै शून्य बनै शून्य उठीबास भयो
जिउने ठाउँ काही छैन वारी जाऊ कि पारी
बाच्नुको अर्थ को भो सधैं आसुँ झारी

चुलो चिसो ओछ्यान जिन्दगी नै चिसिएझै
खुशी सबै दूर भए दुखेसोमा मिसिएझै
दैब तेरो बास, दु:खीमा नै हुने भए मलाई अझै डस्

गोङगबु, काठमाडौं
१० मङ्सिर २०५९
bp122@york.ac.uk; bp.aalok@gmail.com

————-
$ वालक्रिश्ण सम

Leave a Reply

Your email address will not be published. Required fields are marked *