Skip to content

च्याटमा पनि उही कुरा

च्याटमा पनि उही कुरा, नेटमा पनि सोधेउ
आर यू सिङगल लूकिङ फर? भेटमा पनि सोधेउ

पढाई-सढाइ सकौ पहिला अनि जागिर खोज्नु पर्ला
अहिलेलाई त ठिकै छु म पछी एसो सोच्नु पर्ला
फोनमा पनि उही कुरा, गेटमा पनि सोधेउ
आर यू सिङगल लूकिङ फर? भेटमा पनि सोधेउ

ठिकै छ नि साथी बन्न, नभन्नु है तिमी मेरि!
एक्कान दूई कान मैदान होला सङगिनीले सुन्लान फेरि!
टेक्स्टमा पनि उही कुरा, मेलमा पनि सोधेउ
आर यू सिङगल लूकिङ फर? भेटमा पनि सोधेउ

च्याटमा पनि उही कुरा, नेटमा पनि सोधेउ
आर यू सिङगल लूकिङ फर? भेटमा पनि सोधेउ

योर्क, बेलायत
११ जुलाई २००९
bp122@york.ac.uk; bp.aalok@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *